शुक्रबार ०४ साउन, २०८१

नेपाली समय

'मास्टर माईन्ड लेखापाल पहिला कमिसन लिन्छ, पछि चेक दिन्छ': उपभोक्ता समिति अध्यक्षको आरोप

'मास्टर माईन्ड लेखापाल पहिला कमिसन लिन्छ, पछि चेक दिन्छ': उपभोक्ता समिति अध्यक्षको आरोप

गौर, २४ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नगर प्रमुख कौशल्या देवीको संरक्षणमा र निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार झाको ईशारामा नगरपालिकाका लेखापाल मनोज कुमार ठाकुरले गैरकानुनी रूपमा कमिसनको भरमा नै धमाधम चेक काट्दै आएको उपभोक्ता समितिका एक सदस्यहरुले जानकारी दिएका छन् । 

उपभोक्ता समितिका सदस्यहरूले बताएका बताएअनुसार नगरपालिकामा काम नै नभएको कामको नाउँमा ठूलो मात्रामा रकमको हिनामिना भइरहेको छ । उनीहरूको अनुसार, धेरैजसो चेकहरू विना कुनै आवश्यक प्रक्रिया वा प्रमाणको आधारमा काटिएका छन् जसले गर्दा नगरपालिकाको स्रोत र साधनको दुरुपयोग भइरहेको छ। उपभोक्ता समितिका अध्यक्षले भने, "नगर पालिकामा भइरहेको यो किसिमको गैरकानुनी गतिविधि अत्यन्तै निन्दनीय छ ।

यस्तो अवस्था रहिरहँदा, आम जनता र करदाताको विश्वास नगरपालिकाप्रति कमजोर हुने खतरा छ। स्रोतका अनुसार नगर पालिकाको सम्पूर्ण आर्थिक गतिविधिको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । यो विषयमा नगर प्रमुख कौशल्या देवी र प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार झासँग अहिले यो मामलाको अनुसन्धान गर्न स्थानीय प्रशासनले विशेष समिति गठन गर्न माग गरेका छन् ।

समिति गठन गरी नगरपालिकाको लेखापरीक्षण गर्ने र त्यसमा भएको अनियमितता भएको साथै छानबिनको रिपोर्ट चाँडै नै सार्वजनिक गर्ने स्थानीयहरूले जोडदार माग गरेका छन्। स्थानीय बासिन्दाहरू र उपभोक्ता समितिका सदस्यहरूले यो मुद्दामा संलग्नहरुलाई कडा कारबाहीको माग गरेका छन्। उनीहरूले भनेका छन्, कि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत झा, लेखापाल ठाकुरले पालिकालाई आफ्नो कमाई खाने भाँडोको रूपमा बनाइएको छ । र मन्त्रालयमा ईशनाथ नगरपालिका सम्पर्क गर्दा उनीहरूले कुनै पनि प्रतिक्रिया दिन मानेनन् । तर, लेखापाल मनोज कुमार ठाकुरले भने आफ्नो बचाउ गर्दै सबै चेकहरू कानुनी प्रक्रियामै काटिएका दाबी गरेका छन् ।

उनीहरूले लाखौँ नजराना बुझाई पालिकाबाट असुल गर्ने गरी उपभोक्ताहरूबाट २० देखि लिएर २५  प्रतिशत सम्म कमिसन लिई कामै नगरेको भए तापनि धमाधम चेक काटेर दिइरहेको गुनासो गरेका छन। त्यसैले त्यहाँ स्थानीयबासिहरुले "नगरपालिकामा पारदर्शिता र जवाफदेहिता कायम गर्न यो छानबिन अत्यावश्यक छ र दोषी पाइएमा कडा कारबाही गरिनु पर्ने राय छ  ।

त्यति मात्र नभएर नियमित प्रमुख प्रशासकीय अधिकृत र लेखापाल ठाकुरको सम्पत्ति शुद्धीकरण गर्न समेत सदस्यहरुको माग गरेका छ । नगर पालिकाका बासिन्दाहरूले समेत यो घटनाले स्थानीय सरकारको इमानदारिता र पारदर्शितामा गम्भीर प्रश्न उठाएको बताएका छन् । यो घटनाले स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता कति महत्त्वपूर्ण छ भन्ने कुरा पुनः उजागर गरेको छ ।