रौतहट, २३ असार । आमाको हत्या गरी फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । राजदेवि नगरपालिका वडा नं. १ पथरा टोलका मनोज साहले ६९ वर्षिया आमा राधा देवी साहको हत्या गरेका थिए ।
दुई दाजुभाइ बिच अंश विवादका कारण मनोजले गत जेठ ५ गते आमा राधा देविलाई सिलौटोको लोहोरोले टाउको प्रहार गरी हत्या गरेका थिए ।
आमाको हत्या पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले खोजीको सूचिमा राखेको थियो । परिवारजन तथा आफन्तको सहयोगमा प्रहरीले फरार प्रतिवादी साहसँग सम्पर्क गरे पछि उनी आइतबार जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दिलिप घिमिरेले बताए ।
उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा कानूनी प्रक्रिया अगाडी बढाइएको उपरीक्षक घिमिरेले बताए ।