रौतहट २२ असार । ज्यान मार्ने नियतले छुरा प्रहार गर्ने ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति ८ बजे तिर गौर नगरपालिका वडा नं. ३ गौर राईस मिलको पश्चिम तर्फको सडकमा रौतहटको गौर नगरपालिका वडा नं. ३ बस्ने वर्ष १६ को सुरज प्रसाद यादवलाई मित्रा कलेजमा अध्ययनरत वर्ष १६ को अभिनाश कुमार यादव, ईशनाथ नगरपालिका वडा नं. ९ बस्ने वर्ष १८ को संजिव गुप्ता, वर्ष २१ को प्रदिप साह र परोहा नगरपालिका वडा नं. ९ बस्ने वर्ष १८ को शिवम कुमार सहनीले केही दिन पहिला विद्यालय पढ्न जाँदा एकले अर्कालाई आँखा तरेरेर हेरेको निहुँमा एक आपसमा रिसिईवी रहेको कारणले छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेको र उनीहरू बसेको घरको कोठामा फेला पारी पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत, रौतहटबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।