काठमाडौँ, २२ असार । सामाजिक एकता पार्टी र संयुक्त नागरिक पार्टीबीच एकताको राष्ट्रिय महाधिवेशन काठमाडौँकाे बल्खु स्थित स्टार फुडल्याण्डमा आज सम्पन्न भएको छ । दुईपार्टीबीच गत चैत्र २६ गते एकता गर्ने निर्णय र यही असार १८ गते बसेको दुईदलकाे संयुक्त बैठकको निर्णयलाई कार्यान्वयन गर्दै असार २१ गते सामाजिक एकता पार्टीका कार्यवाहक अध्यक्ष प्रेम कार्की र संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रूपमा उद्घाटन गरेको एकता राष्ट्रिय महाधिवेशन दुईदिनमा सम्पन्न भएको छ ।
महाधिवेशनले संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनलाई पारित गर्दै पार्टीको विधान संसाेधन सहित सामाजिक एकता पार्टीको नाम परिवर्तन गरी "संयुक्त नागरिक पार्टी " नामकरण गरिएको छ । त्यस्तै पार्टीको झण्डा संयुक्त नागरिक पार्टीले प्रयोग गर्दै आइरहेको झण्डानै यथावत् राखिएको छ भने पार्टीको चुनाव चिन्ह साबिक सामाजिक एकता पार्टीले प्रयोगमा ल्याएको गितार चिन्हलाई संयुक्त नागरिक पार्टीको चुनाव चिन्ह राखिएको छ ।
मार्गदर्शक सिद्धान्तका रूपमा सर्वजातीय सामाजिक लोकतन्त्र र विचारधाराकाे रूपमा मध्यमार्गी विचारधारा पारित भएको छ । विविध विषयवस्तुहरूमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गर्दै विधानको धारा ३४ बमोजिम डा. ऋषि रिमालकाे संयोजकत्वमा ३ सदस्यीय निर्वाचन आयोग बनाई उक्त निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गरी निर्वाचन सम्पन्न गराएर दलमर्दन कामीको नेतृत्वमा ५३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।
नवनिर्वाचन केन्द्रीय समितिको नामावली यस्तो छ:
१. अध्यक्ष : दल मर्दन कामी
२. वरिष्ठ नेता : कमलादेवी हेमचुरी
३. उपाध्यक्ष : इन्द्र बहादुर राई
४. उपाध्यक्ष : अष्ट कुमारी लमिनी
५. उपाध्यक्ष : कलिराम पुर्जा
६. उपाध्यक्ष : बलराम बिश्वकर्मा
७. उपाध्यक्ष : हुम बहादुर पुन
८. उपाध्यक्ष : ईश्वर श्रेष्ठ
९. उपाध्यक्ष : चन्द्रमाया श्रेष्ठ
१०. उपाध्यक्ष : निलिमा दर्लामी
११. महासचिव : प्रेम बहादुर कार्की
१२. उपमहासचिव : विदुर अधिकारी
१३. उपमहासचिव : नरेश विश्वकर्मा
१४. उपमहासचिव : मन बहादुर कार्की
१५. सचिव : शशी कुमार विश्वकर्मा
१६. सचिव : शुभराज प्रजा
१७. सचिव : सोम बहादुर आले
१८. सचिव : रामेश्वर गिरी
१९. सचिव : सृजना लामा भट्टराई
२०. सचिव : बिष्णु साशंकर
२१. कोषाध्यक्ष : देविलाल प्रसाई
२२. कोषाध्यक्ष : बिष्णु गुरुङ
२३. सह-कोषाध्यक्ष : राम महर्जन
२४. सदस्य : श्रीजना गिरी
२५. सदस्य : विनय लामा
२६. सदस्य : दिलबहादुर चुदारा
२७. सदस्य : मरिया रिजाल
२८. सदस्य : बासुदेव बास्तोला
२९. सदस्य : पदम बहादुर पुन
३०. सदस्य : शुशिला बि. क.
३१. सदस्य : नविन साह
३२. सदस्य : रिता बि.क.
३३. सदस्य : ज्योति राई
३४. सदस्य : राम बहादुर पाठक
३५. सदस्य : नर्मिला सुवेदी
३६. सदस्य : आशिष बि. क.
३७. सदस्य : डिल्ली बहादुर तामाङ
३८. सदस्य : साइमन तामाङ
३९. सदस्य ल : मुरारी प्रसाद पाण्डे
४०.. सदस्य : रन्जिता विश्वकर्मा
४१. सदस्य : भैशोभा बि. क.
४२. सदस्य : प्रमिला मिजार
४३. सदस्य : सरिता नेपाली
४४. सदस्य : बिष्णु खड्का
४५. सदस्य : जानुका भट्टराई
४६. सदस्य : हेमकाजि श्रेष्ठ
४७. सदस्य : निर्मला तामाङ
४८. सदस्य : दिपक गिरि
४९.सदस्य : सुरज राई
५०. सदस्य : शेरबहादुर चुनारा
५१. सदस्य : तेजबहादुर भुजेल
५२. सदस्य : टिकाबहादुर फगामी
५३. सदस्य : पछि थप्ने