रौतहट, १ असार । मधेस प्रदेशमा प्रादेशिक अस्पताल गौर एम.यस.यस.स्कोरिङबाट ८९% प्राप्त गरी दोस्रो भएको छ । एम.यस.यस.स्कोरिङबाट ८९% प्राप्त गरी प्रादेशिक अस्पताल मधेस प्रदेशको दोस्रो स्थान हासिल गरेको हो।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख शम्भू साह आफ्नो मन्तव्य राख्दै भने पहिला रौतहट जिल्ला गौरको प्रादेशिक अस्पताल लाई रेफर अस्पतालको नामले जान्ने गर्थ्यो तर अहिले प्रादेशिक अस्पतालमा धेरै सुधार भएको छ। पहिला मधेस प्रदेशको आठौँ स्थानमा गौरको प्रादेशिक अस्पताल थियो । तर दुई वर्ष भित्रमा अध्यक्ष हाशमी,र मे.सु डा.मुरारी ठाकुर मधेस प्रदेशको दोस्रो स्थानमा प्रादेशिक अस्पताल गौरलाई ल्याएको छ ।
एक वर्ष पहिला MSS स्कोरिङ गरेको थियो ७३ % ले मधेश प्रदेशको दोस्रो स्थानमा प्रादेशिक अस्पताल थियो । आज मिति २०८१ /२/३२ गतेका दिन MSS स्कोरिङ कार्यक्रम बाट छौँ महिना भित्रमा ८९ % प्राप्त गरी मधेस प्रदेशको दोस्रो अस्पतालको रूपमा गौरको प्रादेशिक अस्पताल भएका छन् । कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाको नगर प्रमुख शम्भू साह आफ्नो मन्तव्य राख्दै प्रादेशिक अस्पताल गौरको विकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मे.सु डा.मुरारी ठाकुर लगायत अस्पतालको सम्पूर्ण टिम लाई धन्यवाद दिएका छन् ।