शनिबार १३ बैशाख, २०८२

नेपाली समय

महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई आँखा सम्बन्धी जनचेतना तालिम सम्पन्न

महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई आँखा सम्बन्धी जनचेतना तालिम सम्पन्न

रौतहट, ३१ जेठ । नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल पुरेनवाद्वारा परोहा नगरपालिकाको रामपुर खापमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मूलक तालिम बिहीबार सम्पन्न भएको छ ।

सेवा फाउण्डेशनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवा रौतहटद्धारा परोहा नगरपालिका वडा नम्बर ५ रामपुर खाप स्थित जनता माध्यमिक विद्यालयमा बिहीबार आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको हो ।

सेवा फाउण्डेशनको सहयोगमा विगत बर्ष झैँ धामी झाँक्री, औषधी विक्रेता, स्वास्थ्य कार्यकर्ता, राजनीतिकर्मीहरूलाई दिइने कार्यक्रम अन्तर्गत रामपुर खापमा महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई एक दिने आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम दिएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा नेत्र अधिकृत विनीता केसरी र प्रशिक्षक सत्येन्द्र पाण्डेले कार्यक्रममा सहभागी भएका महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी ज्ञान, सीपहरु दिँदै गर्मीको समयमा आँखालाई सुरक्षित राख्ने विधिहरूको प्रशिक्षण दिए ।