बुधबार ०२ माघ, २०८१

नेपाली समय

विद्यार्थी भिसामा पठाइदिन्छु भनेर रकम ठगी गर्ने प्रहरीको फन्दामा

विद्यार्थी भिसामा पठाइदिन्छु भनेर रकम ठगी गर्ने प्रहरीको फन्दामा

रौतहट, २७ जेठ । विद्यार्थी भिसामा रुस पठाइदिन्छु भनेर लाखौँ रकम ठगी गर्ने एक ठगलाई  प्रहरीले पक्राउ गरेको छ ।

यमुना माई गाउँपालिका वडा नम्बर २ घर भएका २० वर्षीय जितेन्द्र कुमार यादवलाई विद्यार्थी भिसामा रुस पठाइदिन्छु भनेर उनकै गाउँका एक युवकले रकम ठगी गरेर बेपत्ता भएपछि उनकै उजुरीका आधारमा  प्रहरीले ती ठगलाई गत २२ गते पक्राउ गरी ठगी तथा आपराधिक लाभ सम्बन्ध कसुरमा अदालतबाट म्याद थप गराएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी गरिएको प्रेस नोटमा भनिएको हो ।

प्रलोभन देखाएर रकम ठगी गर्ने ठग जिल्ला यमुना माई गाउँपालिका वडा नम्बर २ जितन कुमारको २३ वर्षीय छोरा राहुलकुमार प्रजापतिले यादवलाई विद्यार्थी भिसाको कागजातहरु नेपाल स्थित रसियन एम्बेसीबाट जारी भएको भनेर नक्कली कागजात देखाई विश्वासमा लिएर १० लाख ८७ हजार ७२० रुपैयाँ लिएर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले खोजतलासको क्रममा बाहिरी जिल्लामा लुकीछिपी बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेर अदालतबाट म्याद थप गराई कसुर अनुसारको मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको  प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।