सोमबार ०३ असार, २०८१

नेपाली समय

विचार: साथी तिम्रो बिदाईमा विमानस्थलमा आउन सकिन, मन नदुखाऊ !

विचार: साथी तिम्रो बिदाईमा विमानस्थलमा आउन सकिन, मन नदुखाऊ !

मातृभूमिले हामीलाई के दियो भन्दापनि हामीले के दिन सक्छौ ? साथी तिम्रो बिदाईमा विमानस्थलमा आउन सकिन, मन नदुखाऊ ! अब तिमी नेपाल फर्किने दिन खबर गर्नु म विमानस्थलको यात्रु बाहिरिने कक्षमा फूलको गुच्छा र खादा लिएर स्वागत गर्न आइपुग्ने छु । यो तिम्रो प्राण भन्दा प्यारो साथीको बाचा हो । तिमी आउ ल ! तिमी नेपाल फर्किनु पर्छ । 

 म रोशन एकदमै मिल्ने साथी थियौँ । हाम्रा बाल्यकालका हजारौँ यादगार पल छन् । बाख्रा चराउन जाँदा भुटेको मकै खाँदै रोशनले भन्थ्यो "साथी तिमी र म बिहे पनि एउटै गर्नु पर्छ है " म उ भन्दा अलि बुझ्ने भइसकेको थिए, म भने हाँसेर टारिदिन्थे । हामी एउटै विद्यालयमा अघिल्लो पछिल्लो कक्षामा पढ्थ्यौँ । म कक्षा पाँचमा पढ्थे उ चाहिँ कक्षा चारमा एक दिन बाख्रा लिएर वनतिर गएको थियौँ ।

मेरो जिल्लास्तरीय परीक्षा नजिकै आउँदै थियो । हामी अब एउटै कक्षामा पढ्नु पर्छ है साथी तिमी यो पटक फेल हौँ । मैले उसको प्रस्ताव नकार्न सकिन जिल्लास्तरीय परीक्षामा मैले केही लेखेन खाली उत्तरपुस्तिका बुझाउँदा पास हुने कुरो नै भएन । म र रोशन एउटै कक्षामा पढ्न पाएकोमा अत्यन्तै हर्षित थियौँ । उ बेला जिल्लास्तरीय परीक्षामा पास हुनेको चर्चा गाउँभरी हुन्थ्यो । पाँच कक्षामा फेल भएको कुरा बुबाआमाले थाहा पाउनु भयो । आमाले गाली मात्रै गर्नु भयो बुबाको सिस्नो र लट्ठी समेत खाएँ । सिस्नाेकाे पोलाई र लट्ठीको दुखाइ भएपनि मिल्ने साथीसँगसँगै पढ्न पाउनेमा खुसीले गदगद थिएँ । 

अहिले यस्तो लाग्छ जीवनमा महत्त्वपूर्ण उमेर नै बाल्यकाल रहेछ । बाल्यकालमा मान्छे आफ्ना लागि, आफ्ना खुसीका लागि बाँचिरहेको हुन्छ जब उमेर बढ्दै जान्छ सबै अरूका लागि गर्नु पर्ने रहेछ । धन, मन, इज्जत कमाउनु मात्रै हैन खुशी पनि अरूका लागि हुनुपर्ने रहेछ ! कति कमाइस् ? कति पढिस् ? के गर्दैछस् ? बिहे गरिस् ? यावत् प्रश्नले लखेटिएका हुन्छन् ।

बाल्यकालका अलिअलि उटपट्याङ नगरेको कसले होला ? बाख्रा गोठालो गएको बेला दिन भर बाख्रा अरूको घाँसेमेलामा छोडेर खोलातिर दहमा नुहाउँदै थियौ । मेलाको मालिक आएर लुगा लगेर दिनभर पानी मै बस्नु पर्‍यो बेलुका पिँडालुको पातले लाज ढाक्नु परेकोले कम्ता बेजोग भएको हैन । बाख्रा गोठालो मात्रै हैन बिदाको दिन गाईगोरु लिएर गोठालो पनि खुबै गइन्थ्यो । हाम्रा गाईगाेरु पनि हामीहरू जस्तै मिल्थे । हामीलाई खेल्न नदिएर हैरान गर्ने भएकाले उसले मेरो एउटा रातो गोरु र उसको माले गोरुको पुच्छर बाँधी दिएछ । दुवै गोरु फरक दिशामा दौडिन खोज्दा मेरो गोरुको पुच्छर आधा चुट्यो । त्यो चुटेको पुच्छर उसको गोरुको पुच्छरबाट झिक्न सकिएन । अब बुझ्नुहोस् घरमा हामी माथि कस्तो धुलाई भयो होला ! गोरुले पनि झुट बोल्ने ठाउँ दिएन । चिसो रात दुवै जना पराल राखेको ठाउँ मुनि काट्यौँ । घरपरिवारले रातभर खोजे हामीलाई भेट्न सकेन्न । हामी बिउँझिदा बिहानको छर्लङ्ग घाम लागिसकेको रहेछ । डर र चिसोले मुटु काँपी रहेको थियो बुबाले ठूलो आँखा बनाएर हेर्नू भयो आमाले सम्झाउन थाल्नु भयो । बिदाको बेलमा घरपरिवारसँगसँगै खेतमा जाँदा छुट्टै रमाइलो हुन्थ्यो । वर्षे बिदामा खेतमा गएर हिलो छ्याप्नुको मज्जा बेग्लै ! अहिले यस्तो लाग्छ जीवनमा महत्त्वपूर्ण उमेर नै बाल्यकाल रहेछ । बाल्यकालमा मान्छे आफ्ना लागि, आफ्ना खुसीका लागि बाँचिरहेको हुन्छ जब उमेर बढ्दै जान्छ सबै अरूका लागि गर्नु पर्ने रहेछ । धन, मन, इज्जत कमाउनु मात्रै हैन खुशी पनि अरूका लागि हुनुपर्ने रहेछ ! कति कमाइस् ? कति पढिस् ? के गर्दैछस् ? बिहे गरिस् ? यावत् प्रश्नले लखेटिएका हुन्छन् । घोत्लिएर सोच्छु यो जीवन मेरो रहन्छ मैले चाहेर पनि नफर्किने, मूल्य तिरेर पनि नपाइने बालापन रहेछ । बालापन सँगै मेरा सबै कुरा हराएँ ।

हामी दुबैजनाको इच्छा ठूलो भएपछि शिक्षक बन्ने अनि बालबालिका पढाउने । त्यो बेला शिक्षकको मर्यादा आज भन्दा कयौं गुना माथि थियो । कसैले पढिर के बन्छौ भन्दा हामी दुवै जनाको एउटै जवाफ हुन्थ्यो शिक्षक ! हामीहरू शिक्षण पेशामा आकर्षित हुनुको कारण अर्को पनि हुनुपर्छ गलती गर्दा कहिलेकाही गुरुहरुले दण्ड दिनु हुन्थ्यो । भोलि हामी पनि शिक्षक भयौं भने आफ्नो बदला लिन पाइन्छ भन्ने बालमनोविज्ञानमा नकारात्मक प्रभाव परेको हुनुपर्छ । 

शहरले रहर मात्रै पलाएन्, सपनापनि देखायो अभावमा बाँच्ने कलापनि सिकायो । चिउरा र चाउचाउले रात काट्न सिकायो साँच्चिकै मानवसँग मानवीयता हराएको गतिलो पाठ सिकायो । सबैभन्दा बढित स्वार्थी बन्न सिकायो । सोझो मान्छेलाई शहरमा बस्न र बाँच्न गाह्रो हुने रहेछ । मैले बुझेको शहर पैसा हुने वर्गकालागि ठिक छ गरि खाने वर्गकालागि गाउँ स्वर्ग हो ।

रोशन र मेरो पढाई अब निरन्तर नै अघि बढ्यो । माध्यमिक तहको विद्यालयमा पुग्न झन्डै तीन घण्टा हिँड्नु पर्ने बाध्य थियौँ । अहिले जस्तो माध्यमिक तहका विद्यालय नजिक थिएनन् अर्को गाउँमा पढ्न जानुपर्ने परिस्थिति थियो । हामी दुबैजना एसएलसी पास भयौँ । शहरमा पनि सँगै पढ्ने निधो गर्यौँ । शिक्षण पेशामा जानका लागि शिक्षाशास्त्र अध्ययन गर्नुपर्ने रहेछ । हामीहरुको बाल्यकालको रोजाइ पनि त्यहीँ थियो अब हामी शिक्षाशास्त्र लिएर अध्ययन सुरु गर्याैँ । शहरले रहर मात्रै पलाएन्, सपनापनि देखायो अभावमा बाँच्ने कलापनि सिकायो । चिउरा र चाउचाउले रात काट्न सिकायो साँच्चिकै मानवसँग मानवीयता हराएको गतिलो पाठ सिकायो । सबैभन्दा बढित स्वार्थी बन्न सिकायो । सोझो मान्छेलाई शहरमा बस्न र बाँच्न गाह्रो हुने रहेछ । मैले बुझेको शहर पैसा हुने वर्गकालागि ठिक छ गरि खाने वर्गकालागि गाउँ स्वर्ग हो ।

हामी दुवै जनाले शिक्षाशास्त्रमा स्नातकोत्तर गर्यौँ । शहरको बसाई अत्यन्तै महङ्गो भयो । संस्थागत विद्यालयमा पढाउँदा खर्च धान्ने स्थिति भएन । म गाउँतिर फर्केर गाउँकै सामुदायिक विद्यालयमा पढाउने निधो गरे रमेश शहरमै बसेर संस्थागत विद्यालयमा पढाउन थाल्यो । उमेर बढेसँगै जिम्मेवारीहरु पनि बढ्ने, परिवारको अपेक्षा पनि बढ्ने रहेछ । सबै घरपरिवार, छरछिमेकको चाँसोको विषय बन्ने रहेछ । आफ्नो गाउँमा शिक्षा जस्तो पबित्र पेशामा सेवा गर्न पाउनु आफैलाई भाग्यमानी सम्झिन्छु । जुन कर्म मनदेखि नै गरिन्छ यसमा सन्तुष्टिपनि धेरै मिल्ने रहेछ । करिब एक वर्षपछि रोशनलाई फोन गरे ! गाउँमा नेटवर्क नभएकोले हामिबीच सम्पर्क हुन पाएको थिएन बल्ल गाउँमा फोन लाग्न थाल्यो । उ शहर मै खुसी थियो म गाउँमै खुसी थिए । मैले सधैं उसलाई फोन गर्दा गाउँ कहिले फर्किने भन्ने प्रश्न गर्थे उ आउँछु मिलाएर यस्तै उत्तरले टार्ने गर्थ्यो ।

म गाउँ आएको पनि पाँच वर्ष बितेको पत्तै भएन । म प्राथमिक तहमा स्थायी भएर शिक्षण पेशामा दत्तचित्त भएर लागिसके रोशन भने शहरतिरै बरालिदै थियो । एकदिन साँझतिर रोशनले मलाई फोन गर्यो उ पहिले जस्तो खुसी थिएन । मनभारी गरेर बोल्दै थियो । केही हराए जस्तो केही बिराए जस्तो मनभित्रबाट बल्लतल्ल साउती आवाजमा "साथी म विदेश जाने भएँ ल ! अनि तिम्रो शिक्षक बन्ने रुचि ? उसले भन्यो मान्छेका रुचि र इच्छाले मात्रै नहुने रहेछ साथी ! परिस्थितिले कसलाई कहाँ पुर्याउँछ त्यो थाहा नै नहुने रहेछ । यति छिट्टै ? कसरी संभाव भयो विदेश जाने कुरा ? म डिपेन्डेट जाँदैछु अब एक हप्ता पछि अस्ट्रेलियाको फलाइट छ । काका काकीलाई खबर गर्यौ ? अँह गरेको छैन समय आए भन्छु तिमी बाआमालाई केही नभन्नु मैले पनि काकाकाकीलाई खबर गरेन पछि थाहा भयो बाआमालाई पनि खबर नगरी उडेछ । मैले धेरै प्रयास गरे रोशनलाई रोक्न म हारे उसले जित्यो । मलाई जसरी पनि काठमाडौ आउन भनेको भनेको थियो । मैले विद्यालय बिदा पाइन त्यसैले काठमाडौ जान सकेन  । फोनबाट भएपनि शुभयात्रा भन्न फोन गरे फोन उठेन । एक पटक हैन धेरै पटक फोन गरेँ फोन उठेन अन्तिममा फोन नै अफ भयो उडेछ क्यारे ! रातभर निन्द्रा लागेन । मलाई बुझ्ने सबैभन्दा उहीँ थियो उसैले मेरो परिस्थिति बुझेन । रिसाएकोले होला फोन नै उठाएन । देशकोलागि एउटा युवा विदेशीयो, रेमिटेन्स भित्रीने भयो तर मेरा लागि बालसखा उड्यो, हाम्रा हजारौँ सपना उडे , योजना उडे ! मलाई बल्ल एक्लिएको महसुस भयो । हामी बाख्रा गोठालो जाँदा मात्रै हैन शहर पसेपछि पनि गाउँ फर्केर गाउँमा गर्ने थुप्रै योजना थिए । शिक्षणसँगै कृषिलाई साथमै लगेर गाउँका युवाहरुलाई रोजगारी दिने लक्ष्य थियो । सबै योजना र सपना सिसाको महल जस्तै चक्नाचुर भए । 

अचेल गाउँमा घरहरु रित्तै छन् खेतीयोग्य जमिनमा तितेपानी र बनमाराको झार उम्रेको छ । विद्यालयका कक्षाकोठा रित्तै छन् । गाउँ डुल्यो भने महिला र वृद्धहरु मात्रै भेटिन्छ्न साँच्चिकै गाउँ शुन्य छ । पहिलेबाटो थिएन मान्छे थिए अहिले बाटो पुग्यो मान्छे छैन । दिनप्रतिदिन गाउँ खाली हुँदैछ, युवाहरू विदेश जाने लहरले देशमा केही गर्न सकिँदैन ।

म आज पनि त्यहीँ गाउँमा छु जहाँ म र रोशन खेल्थ्यौँ, रमाउथ्यौँ । पहिले जस्तो भिरपाखामा बाख्रा लिएर गोठालो नगएपनि समय मिलाएर हामी हुर्केको बढेको, रमाइलो गरेको ठाउँ जाने गर्छु । रोशन मलाई छोडेर गएपनि उसका यादहरुले मेरो सात कहिल्यै छोडेका छैनन् । काकाकाकीले मलाई रोशन जस्तै माया गर्नु हुन्छ । घरमा पाकेको मिठो मसिनो मेरो भाग नलगाएर खान सक्नु हुँदैन । पहिले जस्तो गाउँमा युवाहरू छैन । गाउँ शून्य छ, भएकाहरू पनि बसाई सराइ गरेर शहरतिर लागिसके । मैले सानोमा देखेको गाउँ र आजको गाउँको स्वरुप नै परिवर्तन भएको छ । लह लह झुलेका धानका बाला खेतीयोग्य जमिन कतैपनि खाली हुन्थेन । जतासुकै हरियाली दशैमा कति रमाइलो हुन्थ्यो बयानगरि साध्य छैन । अचेल गाउँमा घरहरु रित्तै छन् खेतीयोग्य जमिनमा तितेपानी र बनमाराको झार उम्रेको छ । विद्यालयका कक्षाकोठा रित्तै छन् । गाउँ डुल्यो भने महिला र वृद्धहरु मात्रै भेटिन्छ्न साँच्चिकै गाउँ शुन्य छ । पहिलेबाटो थिएन मान्छे थिए अहिले बाटो पुग्यो मान्छे छैन । दिनप्रतिदिन गाउँ खाली हुँदैछ, युवाहरू विदेश जाने लहरले देशमा केही गर्न सकिँदैन । खुसीहरु किन्न विदेश जानै पर्छ भन्ने भाष्य निर्माण भएको छ यो गाउँ र देशका लागि दुखद पक्ष हो । 

पटकपटक देश बनाउने कसम खाएर छानिएकाहरु नै आफू र आफ्नाहरु बनाउन थाले फलस्वरूप लाखौं रोशनहरु विदेशी भूमी आफ्नो कर्म थलो बनाउन बाध्य भए । यहीँ परिस्थिति रहने हो भने गाउँ खंडहर बन्नेछ, गाउँमा घरहरु भूतबंगला बन्ने छन् । मलामीहरु नपाएर लाशहरु खेतमा शमासान घाट बनाएर गाढ्नु पर्ने हुन्छ । हामीले मात्रै देशको चिन्ता गरेर केही नहुने रहेछ देशको  मूल बागडोर समालेकाहरु कानमा तेल हालेर सुतिरहेका छन् ।

देश निर्माणमा आफ्नो उर्जावान समय देशका समर्पित गर्नुपर्ने युवा आज देश बनेन भनेर विदेशी भूमिबाट फेसबुकमा पोस्ट हाल्नु पर्ने बाध्यता छन । आफ्नो परिवार र मातृभूमि छोडेर जाने रहर  कसलाई पो हुन्छ । आमाको काखमा बुबाको आशीर्वादमा देशमै बस्ने रहर हुँदाहुँदै पनि पैसाले गरिबी हटाउन विदेशी भूमीमा आफ्नो उर्जाशील समय र पसिना बगाउनु नेपाली युवाहरुको दुर्भाग्य हो । गलत नेतृत्व र नेताले देशलाई कसरी बर्बादीतिर जान्छ भन्ने प्रष्ट उदाहरण नेपाल पनि एक हो । पटकपटक देश बनाउने कसम खाएर छानिएकाहरु नै आफू र आफ्नाहरु बनाउन थाले फलस्वरूप लाखौं रोशनहरु विदेशी भूमी आफ्नो कर्म थलो बनाउन बाध्य भए । यहीँ परिस्थिति रहने हो भने गाउँ खंडहर बन्नेछ, गाउँमा घरहरु भूतबंगला बन्ने छन् । मलामीहरु नपाएर लाशहरु खेतमा शमासान घाट बनाएर गाढ्नु पर्ने हुन्छ । हामीले मात्रै देशको चिन्ता गरेर केही नहुने रहेछ देशको मुल बागडोर समालेकाहरु कानमा तेल हालेर सुतिरहेका छन् । नेताहरू बेलाबेला गाउँमा आउँछ्न मिठ्ठा सपना बाँड्छ्न , चिल्ला गफ दिन्छ्न हामी त्यहीँ सपना सयर गर्छौ तर हात लाग्यो शून्य । 

मातृभूमिले हामीलाई के दियो भन्दापनि हामीले के दिन सक्छौ ? साथी तिम्रो बिदाईमा विमानस्थलमा आउन सकिन मन नदुखाऊ ! अब तिमी नेपाल फर्किने दिन खबर गर्नु म विमानस्थलको यात्रु बाहिरिने कक्षमा फूलको गुच्छा र खादा लिएर स्वागत गर्न आइपुग्ने छु । यो तिम्रो प्राण भन्दा प्यारो साथीको बाचा हो । तिमी आउ ल ! तिमी नेपाल फर्किनु पर्छ । 

रोशन अस्ट्रेलिया गएको पनि दुई वर्ष पुगिसक्यो । उ विदेश उडेदेखि मेरो कुराकानी भएको छैन । समाजिक संजालमा पनि धेरै खोजे सायद कुनै अर्कै नाम राखेको होला भेटेन । रोशन मेरो प्यारो साथी तिमी मेरो यो लेख पढिरहेको छौ भने तिम्रो प्यारो साथी एकलै गाउँमा कुरिरहेको छ । तिमीलाई गाउँले पर्खिरहेको छ  ।  बुढा बाआमाले तिम्रो बाटो हेरिरहेका छन् । तिमी गाउँ फर्कि आउ, हामीले गाउँमा केही गर्नु पर्छ ।

मातृभूमिले हामीलाई के दियो भन्दापनि हामीले के दिन सक्छौ ? साथी तिम्रो बिदाईमा विमानस्थलमा आउन सकिन, मन नदुखाऊ ! अब तिमी नेपाल फर्किने दिन खबर गर्नु म विमानस्थलको यात्रु बाहिरिने कक्षमा फूलको गुच्छा र खादा लिएर स्वागत गर्न आइपुग्ने छु । यो तिम्रो प्राण भन्दा प्यारो साथीको बाचा हो । तिमी आउ ल ! तिमी नेपाल फर्किनु पर्छ । 

     हिक्मत रावल 

पन्चदेवल, विनायक-६ अछाम