सोमबार ०३ असार, २०८१

नेपाली समय

काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी दिनुभयो । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

नेपाली कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।