शनिबार १३ बैशाख, २०८२

नेपाली समय

जातीय विभेद र छुवाछूत तराईमा कायमै; पानी खानबाट रोक, सरकारको निर्णय कागजमै सीमित भएको तामाङको भनाई

जातीय विभेद र छुवाछूत तराईमा कायमै; पानी खानबाट रोक, सरकारको निर्णय कागजमै सीमित भएको तामाङको भनाई

लहान, ८ जेठ । सिराहाको गोल बजार नगर पालिका वडा नं.३  मधेसी टाेलको पुरानो मुसाहर्नीयामा दलित भेदभाव छुवाछूत कायम रहेको निरमला तामाङले बताएकी छिन् । दलित महिला केन्द्र नेपाल प्रादेशिक कार्यालय गोलबजारमा आयोजित कार्यक्रममा जातीय विभेद तथा छुवाछुत उन्मुलन कार्यक्रममा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उक्त कुरो बताएकी हुन् ।

तामाङ बोल्दै समाज विकसित भइसक्दा पनि समाजमा दलित भेदभाव छुवाछूत कायमै रहेको सरकारको निर्णय कागजमै सीमित रहेको बताईन् । मिथिला भवनको नजिक  रहेका सार्वजनिक पानी ट्यांकीबाट अहिले पनि दलित समुदायका बालबालिकालाई पानी खान यादव, महतो, साह समुदायका व्यतिहरुले रोक लगाएको तामाङले बताईन् ।