बुधबार १९ मंसिर, २०८१

नेपाली समय

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ; अनुसन्धानमा सहयोग गर्ने सिरोहियाको भनाई

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ; अनुसन्धानमा सहयोग गर्ने सिरोहियाको भनाई

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएपश्चात् अनुसन्धानका लागि कान्तिपुर मिडिया ग्रुप कै कार्यकक्षबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । 

पक्राउ अघि आज दिउँसो एक विज्ञप्ति जारी गर्दै उनले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न आफू जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।