बिहीबार ०१ फागुन, २०८१

नेपाली समय

हिन्दु र मुस्लिम समुदायलाई धन्यवाद् ज्ञापन गर्न मधेस प्रदेशका तीनवटै डिआइजी रौतहटमा

हिन्दु र मुस्लिम समुदायलाई धन्यवाद् ज्ञापन गर्न मधेस प्रदेशका तीनवटै डिआइजी रौतहटमा

रौतहट, २ जेठ । जिल्लामा पटक पटक मूर्ति सेलाउने क्रममा झडप हुँदै आएको रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत घिउरामा गएको २ महिना अगाडि दुवै समुदायबिच द्वन्दले हिंसाको रुप लिएपछि सो घटनालाई समाधान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मधेस प्रदेशका प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल सो स्थानका जनतालाई धन्यवाद दिन बुधवार रौतहट आएका हुन् ।

सरस्वती पुजाएको मूर्ति सेलाउने विषयमा सो स्थानका हिन्दु र मुस्लिम समुदायका स्थानीयहरू बिच झडप हुँदा स्थानीय प्रशासनले ४ दिन कर्फ्यु लगाउँदा समेत परिस्थिति नियन्त्रणमा नआएपछि मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल आफै घटना स्थलमा उपस्थित भई दुवै समुदाय बिच सहमति गराई समस्या समाधान गराई लिखित सहमति गराएका थिए ।

जिल्लाको प्रहरी प्रमुख भएर पहिले नै काम गरेको अनुभव र स्थानीयहरू सँगको मैत्री सम्बन्धका कारण डिआइजी पोखरेललाई दुवै समुदायबिच सहजीकरण गर्न सहज भएको थियो। सोही क्रममा उनले त्यहाँका दुवै समुदायका जनतालाई समस्या समाधान भएपछि धन्यवाद ज्ञापन गर्न आफै आउने वाचा गरेर फर्केका थिए र सोही वाचा पूरा गर्न उनले रौतहट आएका हुन् । रौतहट आएका डिआइजी बुधवार दुवै समुदायमा पुगी स्थानीयहरूसँग अन्तर्क्रिया समेत गरेका थिए । सो क्रममा स्थानीयले सिमानाकामा रहेको यातायात आव जावतमा कठिनाई र मलखाद ल्याउन हुने झन्झट बारे गुनासो गरेका छन ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डिआइजी पोखरेलले रौतहटको जनता मात्र होइन रौतहटको माटोले समेत आफूलाई माया गर्ने गरेको बताए । भारत र नेपाल बिच बेटी रोटीको सम्बन्ध रहेकोले घरायसी प्रयोजनको लागि ल्याइने वैधानिक सामग्रीमा दुख नदिन मातहतका प्रहरी एकाइहरूलाई आफू निर्देशन दिई सकेको तर व्यापारिक प्रयोजनका लागि तस्करी गरी ल्याइने सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसकिने उनले प्रष्ट पारेका छन ।

वहाँलेसँगै राष्ट्रिय अनुसन्धान का डिआइजी संजय यादव, सशस्त्र प्रहरी बलका डिआइजी दिपेन्द्र शाह समेत रौतहट आएका हुन् ।  वहाँको सरल स्वभावका कारण रौतहट बासी पोखरेलला उच्च आदर समेत गर्ने गरेका छन ।