मंगलबार ०४ असार, २०८१

नेपाली समय

दुई पार्टीबीच एकीकरणको विषयमा छलफल

दुई पार्टीबीच एकीकरणको विषयमा छलफल

काठमाडौँ, १ जेठ । काठमाडौं संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन पार्टी (रिपब्लिकन) बीच पार्टी एकताका लागि छलफल सम्पन्न भएको छ ।

काठमाडौँको पुरानो बानेश्वरमा भएको छलफलमा संयुक्त नागरिक पार्टीको तर्फबाट अध्यक्ष दलमर्दन कामी, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष कलिराम पुर्जा (कमल) र महासचिव विदुर अधिकारी त्यसैगरि आमुल परिवर्तन पार्टी (रिपब्लिकन) बाट अध्यक्ष भरत गिरि,उपाध्यक्ष डिल्ली प्रसाद चौलागाई, महासचिव बी.आर. लामा र सचिव देवेन्द्र कुमार लिम्बुको उपस्थिति रहेको थियो ।

दुवै पार्टीको सिद्धान्त,नेतृत्व लगायत विषयमा छलफल भएको थियो । त्यस्तै अन्य पार्टीहरूसँग वार्ता/संवादको ढोका सधैँ खुल्ला राख्ने र आ-आफ्नो पार्टीमा तत्काल छलफल गरी चाँडै पार्टी एकीकरण गरिने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले जानकारी दिएका छन्।