मंगलबार ०४ असार, २०८१

नेपाली समय

राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौँ, १ जेठ  ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।

सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने काँग्रेसका सांसदहरूको माग थियो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । सो बैठकमा सभाध्यक्षले  राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो ।  

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहीबार अपराह्न १.१५ बजे बस्नेछ ।