रौतहट, ३१ वैशाख । गौर जिल्लाको प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्ष मो. अनवर हाशमीका लापरबाहीले सरकारी अस्पताल लथालिङ्ग अवस्था पुगेको छ । सरकारी अस्पतालमा निःशुल्कमै औषधि, उपचार पाइन्छ भनेर सुनेको थिएँ, तर होइन रहेछ।’ अस्पतालमा हुने झन्झटिलो अवस्था देखाएर बिरामीलाई अस्पतालबाहिर रेफर गर्दा सरकारी अस्पताल माथि विश्वसनीयता घट्दै गएको स्थानीयले बताए ।
व्यवस्थापन समितिको काम हो सर्वसाधारणलाई सेवा दिने , अस्पतालमा औषधि उपलब्ध गराउने तर यो प्रादेशिक अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष हाशमीले राजनीतिकको पहुँचमा प्रादेशिक अस्पताललाई कमाउने भाँडो बनाएको गौर वासीले बताए ।
मधेस प्रदेश सरकारले प्रदेश भरिका सबै प्रादेशिक अस्पतालमा विशेष व्यवस्थापनको लागी अस्पताल व्यवस्थापन समिति गठन गर्ने मन्त्री परिषद्को निर्णयबाट व्यवस्थापन समिति गठन गरेको र सो उद्देश्यलाई गौर प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सो निर्णयलाई लत्त्याउँदै आफ्ना स्वार्थ पूरा गर्नमा कुनै कसर छोडेको छैन ।
सो क्रममा आफ्नो कुरा मान्ने मे. सु लाई राख्ने आफ्नो आसेपासेकोलाई कर्मचारीमा भर्ना गर्ने कमिसन पाइने ठाउँबाट मर्मत सम्भारका लागि आवश्यक सामाग्री खरिद गर्ने अस्पताल विकासका रकम आफै चलाउने जस्ता अनेकौँ कार्यहरू विगत एक वर्ष देखि गर्दै आइरहेको कार्यहरूबाट मधेस प्रदेश सरकारलाई नै सर्मसार बनाएको स्पष्ट देखिन्छ ।जुन सरकारको निर्णयबाट अस्पताल विकास समितिको अध्यक्ष पदमा बिर्जमान भएका र सो सरकारलाई तथाकथित पत्रकार सम्मेलन गरी त्यही सरकारको दोष लगाउनु आफूलाई लाटोको संज्ञा दिनु बराबर हो।