बुधबार ०२ माघ, २०८१

नेपाली समय

भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट गरियो

भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट गरियो

रौतहट,  २९ वैशाख । भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेकोमा कुखुराको चल्ला सहित मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी पोष्ट बमनहरका प्रसनी महेश कुमार सिंहको कमान्डमा खटिगएको प्रहरी गस्ती टोलीले यमुनामा गा.पा. वडा नं. ४ स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली सईकलामा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको २३, हजार ५ सय बराबरको २७ कार्टुन कुखुराको चल्ला, साइकल थान-४ थान र चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन् ।