बिहीबार ०१ फागुन, २०८१

नेपाली समय

जीवनको सपना पुरा गर्न अनुशासित भएर पढ्नु पर्छ : पूर्व मन्त्री चौधरी

जीवनको सपना पुरा गर्न अनुशासित भएर पढ्नु पर्छ : पूर्व मन्त्री चौधरी

वीरगंज, २७ वैशाख । पानीटंकीमा रहेको पर्सा मैनेजमेन्ट सेन्टरल एकेडमी (पिएमसि)काे बिदाइ कार्यक्रम बुधवार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजकाे पानीटंकीस्थित ओम पार्टी प्यालेसमा भएको कार्यक्रममा एकेडमीकाे कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरुकाे बिदाइ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरिले अहिलेको जमानामा शिक्षा नै सबैथाेक भएको बताए । उनले अहिलेको जमानामा शिक्षित नभएको मानिसको कुनै महत्त्व नभएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता चौधरिले जीवनलाई सार्थक बनाउन शिक्षा जरुरी रहेको बताए । उनले शिक्षाबाट नै जीवनको सपना पुरा हुने भएकोले अनुशासित भएर पढ्नु पर्ने सुझाए ।

पिएमसि एकेडमीका निर्देशक प्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी ट्रेड युनियनका निर्वतमान अध्यक्ष सुबेदार प्रसाद यादव, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चौधरी, जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सराेज चाैरसिया, बिन्दवासिनी गाउँपालिकाका लेखा अधिकृत मिथिलेश कुशवाहा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिराभवानी गाउँपालिकाका लेखा अधिकृत मुकेश मिश्र, नेकपा एमालेका जिल्ला कमिटी सदस्य पवन यादव, समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष एवम् कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, पिएमसी एकेडमीका निर्देशक सुशिल ठाकुर, मिनु कुमारी, सपना झा, नरेन्द्र महताे काेइरी लगायतकाे उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन एकेडमीका रामप्रबेश यादवले गरेका थिए ।

कार्यक्रममा एकेडमीका छात्र/छात्राले विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।