मंगलबार १५ जेठ, २०८१

नेपाली समय

रामग्राम नगरपालिकाद्धारा तेक्वान्दो खेलाडीलाई सम्मान

रामग्राम नगरपालिकाद्धारा तेक्वान्दो खेलाडीलाई सम्मान

परासी, २५ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले रुपन्देहीको भैरहवामा भएको प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा विजयी खेलाडीहरूलाई सम्मान गरेको छ ।

आज नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगर प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रसशाकीयअधिकृत मोहन अर्याल, वडा अध्यक्षहरू लगायतले दोस्रो सिद्धार्थनगर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र प्रथम सिद्धार्थनगर रनिङ्गशिल्ड तेक्वान्दो प्रतियोगितामा सहभागी भई पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका हुन् ।

नगर प्रमुख यादवले खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताउँदै आगामी दिनमा खेलकुदलाई प्रवर्द्धन गर्न योजना बनाएको बताए । नगर उपप्रमुख सम्झना चौधरीले खेलाडीहरू नगरको गहन हुन भन्दै खेलको मध्यमबाट खेलाडीले नगरको पहिचान दिलाउने कार्य गरेको बधाई  दिएका थिईन् ।

नगरभित्र युवायुवतीलाई खेलक्षेत्रमा नगरपालिकाले लगानी खेलकुद क्षेत्रमा विकास तर्फबाट अग्रसर रहेको बताईन् ।

कल्बका कोच प्रविन यादवले स्थानीय सरकारको सम्मानले मात्रै पनि आफूहरूलाई हौसला बढेको धारणा व्यक्त गरे । सो प्रतियोगितामा सहभागी भएका रामग्राम तेक्वान्दो कल्बका १८ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । ती मध्ये ९ जनाले स्वर्ण, ४ जनाले रजत र ५ जनाले कास्य पदक हात पार्दे समूह विजेता बनेर शिल्ड समेत हात पारेका छन् ।