मंगलबार १५ जेठ, २०८१

नेपाली समय

कृषि क्षेत्रको सम्भावना र चुनौती

कृषि क्षेत्रको सम्भावना र चुनौती

आफूलाई व्यावसायिक रूपमा स्थापित गर्न सङ्घर्षरत केही उद्यमीहरू या समूहहरू पनि केवल चर्को ब्याजदरको भार बोक्दै उत्पादित वस्तुलाई जोखिम मोलेर बिचौलिया सामू आत्मसमर्पण गर्न विवश छन् । उत्पादन त छ प्रोसेसीङ्ग छैन, पसिना छ बजार छैन, पुँजी त छ तर संरक्षण छैन, हिम्मत त छ तर प्रविधि छैन। यी सबै कठिनाईकाबिच पनि फेरी कृषिलाई विकल्पविहीनहरुको पेसालाई बदल्दै पहिलो विकल्पको रूपमा स्थापित गर्ने केही युवाहरु छन् त केही समूह छन्, जसको संरक्षण राज्यबाट होला या नहोला तथापि उनीहरूको संरक्षणको खाँचो छ ।

किसानहरूसँग आफ्नै  स्वामित्वमा केवल जमिन मात्र छ, बाँकी मल, बिउ र विषादी (औषधी) औजार, बजार, मूल्य निर्धारणका किसानको अधिकार जस्ता कुरा किसानकोसँग छैनन् । सरकारी अनुदान प्रविधि, औजार, ऋण जस्ता कुरा किसानको पहुँच भन्दा टाढा छन्, अर्थात् निर्वाहमुखी किसानहरूको हकमा ।

आफूलाई व्यावसायिक रूपमा स्थापित गर्न सङ्घर्षरत केही उद्यमीहरू या समूहहरू पनि केवल चर्को ब्याजदरको भार बोक्दै उत्पादित वस्तुलाई जोखिम मोलेर बिचौलिया सामू आत्मसमर्पण गर्न विवश छन् । उत्पादन त छ प्रोसेसीङ्ग छैन, पसिना छ बजार छैन, पुँजी त छ तर संरक्षण छैन, हिम्मत त छ तर प्रविधि छैन। यी सबै कठिनाईकाबिच पनि फेरी कृषिलाई विकल्पविहीनहरुको पेसालाई बदल्दै पहिलो विकल्पको रूपमा स्थापित गर्ने केही युवाहरु छन् त केही समूह छन्, जसको संरक्षण राज्यबाट होला या नहोला तथापि उनीहरूको संरक्षणको खाँचो छ । जो आज सयौँको सङ्ख्यामा छन्, जसलाई हजारौँ सङ्ख्यामा बढाउने कार्य आज कुनै निकाय या संस्थाको खाँचो छ, चाहे त्यो राज्य होस या साहकारी कृषिलाई उद्योगको रूपमा स्थापित गर्ने निजी तर समाजसेवी संस्थाको जरुरत छ ।

अपेक्षामा किसान

“किसान जहिले पनि अर्को वर्ष धनी हुने सपना देख्छ” जति सपना भत्किए पनि अर्को वर्षको सपना देख्नुमा उसको २ कारण छ: एउटा उ सँग अर्को पेसा नहुनु र अर्को भरोसा र आसा अनि पेसा प्रतिको माया ।

नेपाललाई कृषि प्रधान देशको रूपमा स्थापित गरिएता पनि हाल यो पेसा जनजिब्रो बाहेक व्यवहारमा देखिँदैन । कृषि पेसा छोडेर लाखौँ मानिस विदेश पलायन छन्, यिनीहरू मध्ये बहुसङ्ख्यक युवा आम किसानका छोराछोरी नै हुन् । बाइबलमा एउटा भनाई छ “किसान जहिले पनि अर्को वर्ष धनी हुने सपना देख्छ” जति सपना भत्किए पनि अर्को वर्षको सपना देख्नुमा उसको २ कारण छ: एउटा उ सँग अर्को पेसा नहुनु र अर्को भरोसा र आसा अनि पेसा प्रतिको माया । अर्को एउटा उखान छ “अर्काको खेतमा सधैँ काम गर्ने खेतालो आफ्नो बारी बाझैँ बनाउँछ” यो भनेको आफूले आफैलाई नचिन्नु र बदल्ने हिम्मत नगर्नु, सुविधाको लागी अर्काकोमा काम गर्न जानु । खाना पनि पाइने अनि फर्कँदा थोरै परिवारलाई पनि ल्याउने । आज यो उखानले हामीले जिस्काई रहेको छ र यथार्थ पनि । आखिर एउटा किसानले आफ्नै सन्तानलाई आफ्नो पेसाको उत्तराधिकारी किन बनाउन दिँदैन ? विभिन्न कारण मध्ये केही कारण यी हुन्:

१. राज्यको कृषि नीति झन्झटिलो र आम किसानको पहुँचभन्दा टाढा हुनु ।

२. मल बिउ र सरुवा रोगको कारण जोखिम बढ्दै जानु र लगानी सम्म पेसाले नउकास्नु ।

३. रासायनिक मल बिउ, विषादीमा भर पर्नु जो किसान आफैले निर्माण गर्न सक्दैन ।

४. रसायनिक मलको एउटा नियम छ जसलाई ऋणात्मक प्रतिफलको नियम भनिन्छ अर्थात् प्रत्येक वर्ष उही बिउ मल र विषादी प्रयोग गरेतापनि एकातर्फ उत्पादन घट्छ भने अर्कातर्फ मल, बिउ र विषादीको मूल्य बढ्छ ।

५. राज्यको प्राथमिकता अर्गानिक नभई रासायनिक खेतीमा हुनु ।

६. बजार व्यवस्थापनको अभाव र बिचौलियाको बिगबिगी मनोमानी हुनु ।

७. किसान आफूले गरेका उत्पादनको मूल्य निर्धारण प्रक्रियाको नियमबाट स्वयम् आफूलाई वञ्चित गराई केवल कृषि मजदुर या निरीह बनाइनु ।

८. क्रमशः पेसालाई पुस्ता धान्ने (निर्वाह मुखी) पेसा बनाउनु । झन्झट मान्न थाल्नु र कृषिले मानव स्वास्थ्यलाई दैनिक पु¥याउने फाइदालाई आदर्शको रूपमा बुझ्दै बरु बिहान बेलुका योगा सिकाउनु ।

९. पेसाको सुरक्षाको निमित्त उत्पादन, प्रोसेसीङ्ग बजार र वित्तीय व्यवस्थापन सहित प्रविधिको एउटै केन्द्र नबनाइनु ।

१०. सेवाको दुरुपयोग दुवै पक्ष बाट हुनु, आसे प्रवृत्तिको विकास हुनु, सेवा दिए बापत कर्मचारीले दबाब दिनु र किसान बाध्य हुनु ।

११. प्राकृतिक प्रकोपको क्षतिपूर्ति अन्य सेवा जस्तो सरल नहुनु ।

१२. कृषि बिमाको अर्थात् किसानमा नगई गोजीमा व्यवसाय प्रयोजन(कागजी) मा गर्नेहरूको हातमा पुगेको हेरेर किसान हैरान निराश र हतोत्साहित बन्नु  ।

१३. कृषि उत्पादनको बजारीकरण ढुवानीको समस्या हुनु ।

१४ उपयुक्त स्थानमा सित भण्डार नहुनु,आदी...

रासायनिक खेती प्रणाली :– मानव स्वास्थ्यको लागी घातक

कम जोखिम छिटो र धेरै आम्दानी विषादी र बिउमा स्तरीकरण आदीका कारणले किसान क्रमशः रसायनिक खेती तिर आकर्षित भए । एकातर्फ मलमा युरिया पोटास आदी मलले प्राकृतिक मललाई विस्थापित ग¥यो भने अर्कातर्फ प्राकृतिक औषधी बेसार, खोर्सानीको धुलो, निमपत्ता, असुरो, तीतेपाती, सिरिसको पता,धुर्सुले, आँक आदि जस्ता वनस्पति या औषधी प्रयोग विहीन हुँदै गए । पशुपालनको स्थिति उस्तै भयो, ब्रोईलर गाई, बाख्रा, माछा, मौरी आदिले रैथाने जीवलाई अस्तित्वविहीन बनायो ।

दुनियाँमा कृषिलाई आधुनिकीकरण गरी कम जग्गामा बढी उत्पादन दिँदै बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी खेती गर्ने क्रमसँगै रासायनिक खेतीको सुरुवात हुँदै गयो । कम जोखिम छिटो र धेरै आम्दानी विषादी र बिउमा स्तरीकरण आदीका कारणले किसान क्रमशः रासायनिक खेती तिर आक्रोशित भए । एकातर्फ मलमा युरिया पोटास आदी मलले प्राकृतिक मललाई विस्थापित ग¥यो भने अर्कातर्फ प्राकृतिक औषधी बेसार, खोर्सानीको धुलो, निमपत्ता, असुरो, तीतेपाती, सिरिसको पता,धुर्सुले, आँक आदि जस्ता वनस्पति या औषधी प्रयोग विहीन हुँदै गए । पशुपालनको स्थिति उस्तै भयो, ब्रोईलर गाई, बाख्रा, माछा, मौरी आदिले रैथाने जीवलाई अस्तित्वविहीन बनायो । बिउको नाममा उन्नत बीउले रैथाने जातका बिउलाई विस्थापित ग¥यो यस्तो हुनुमा केही कारण स्पष्ट देखिन्छ ।

१. रैथाने बिउको ग्रेडिङ नभई उत्पादन गर्दा क्षयीकरण भई उत्पादन घट्नु ।

२. बढ्दो जनसङ्ख्या लाई थेग्न नसक्नु ।

३. नाईट्रोजन म्याग्नेसियम, बोरोन, क्याल्सियम जिंक प्रेटिन, ह्यूमस आदिको अभाव हुँदै जानु । खेती प्रणाली परम्परागत हुँदा अपेक्षा भन्दा बढी, उत्पादन रासायनिक मलबाट प्राप्त हुनु ।

४. साइज मिलेमा अपेक्षा भन्दा बढी, उत्पादन रासायनिक मलबाट प्राप्त हुनु ।

५. खेती योग्य जमिन र जनशक्ति घट्नाले उत्पादन मा रासायनिक मल प्रयोग गरेर भएपनि उत्पादन बढाउन राज्य बाध्य हुनु ।

६. प्राकृतिक विधिबाट मल, बिउ र औषधी एवं औजार प्रयोग गर्न झन्झटिलो हुने तर रासायनिक मल, बिउ र विषादी पाउन सरल हुनु ।

रसायनिक खेती को विकल्प र अन्य खेती प्रणालीहरु

रसायनिक मल उन्नत बिउ (हाईव्रिट) र कीटनाशक औषधीले आ–आफ्नो क्षेत्रमा पु¥याएको गम्भीर असर र यसले मानव स्वास्थ्य, पशुपक्षीको स्वास्थ्य र समग्र मानव शरीरलाई पु¥याउने असर बुझ्दै जाँदा क्रमशः यसका विकल्पहरू पनि सोच्न थालिएको छ । तथापि भरपर्दो विकल्प पनि आज सम्म पाइएको छैन, केही झन्झटिलो भएका कारण किसान त्यही प्रणाली अपनाउन बाध्य छन् , अतः विश्वभर प्रचलित खेती प्रणालीहरु यस प्रकार रहेका छन् ।

१.रासायनिक खेती प्रणाली

२. अर्गानिक खेती प्रणाली

३. प्राङ्गारिक खेती प्रणाली

४. प्राकृतिक खेती प्रणाली

५. वैदिक खेती प्रणाली

 वैदिक खेती आदिमा कालमा आर्या अर्थात् ऋषि मुनिहरू बाट प्रचलन मा आएको प्रणाली हो, मन्त्र उच्चारणबाट बिउ छर्ने, र फलाउने विधि (यर्जुवेद+आयुर्वेद) आदिबाट सुरु गरेता पनि हाल यसको प्रयोग कतै पनि पाइँदैन । तर भर्खरै अमेरिकाको अलश्का र क्यालिफोर्निया जस्ता राज्यमा यसको रिसर्च र अभ्यास भई रहेको छ ।

प्रारङ्गरिक खेतीमा बिरुवालाई चाहिने हुमस र माटो बनाउन गडयौंलाको प्रयोग बढी मात्रामा गरिन्छ । माटोमा रहेका म्याक्रो न्युटनलाई कृत्रिम विधिबाट सक्रिय (कर्तबाट ल्याई) माटोमा लगाई उत्पादन गर्ने, जङ्गलका झारपात सङ्कलन गरी मल बनाई वारिमा लगाउने आदि गरिन्छ । तथापि यो विधि झन्झटिलो र खर्चिलो हुनाले व्यावसायिक खेती गर्न जोखिम भनिन्छ यस विधिबाट उत्पादन गर्दा लागतको कारण बढी मूल्यमा बेच्नु पर्दा उपभोक्ताको अभाव (बजार अभाव) भएको कारण जोखिम परिमाणमा रासायनिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्दैन । यसलाई पहुँचवालाहरूको सौखिन खेती पनि भनिन्छ ।

अर्गानिक खेती प्रणाली केही मात्रामा रासायनिक खेतीको विकल्प मान्न सकिन्छ, एक प्रकारले यसलाई सुधारिएको रासायनिक खेती पनि भनिन्छ, किनकि पूर्ण रूपमा यो आफ्नै विधिमा आत्म निर्भर नभई विषादी बिउ र मल मा केही कम्पोजिसन रसायनिकको भरपर्दछ । माटोलाई केही मात्रामा सुधार गरे पनि उपचार नगरी उत्पादन गर्ने यो विधिले स्वास्थ्यको क्षेत्रमा आंशिक सुधार पछि क्रमशः सुधार्ने प्रक्रियामा त पुर्याउछ । त्यस्तै यसलाई बेमौसममा पनि गर्न मिल्छ । ग्रिन हाउसबाट पनि गर्न सकिन्छ तथापि यसका केही समस्या छन जस्तै विषादी नपाइनु, लोकल बिउबाट उत्पादन गर्न गाह्रो हुनु, लगायत महँगो पर्नु, गुणमा राम्रो हुँदाहुँदै परिमाण रासायनिकको तुलनामा कम हुनु, माटोमा रहेको सूक्ष्म जीवाणुलाई सक्रिय बनाउन नसक्नु आदी तथापि प्रोसेसीङ्ग छुटै बजार र आर्थिक व्यवस्थापन गर्न सकेको खण्डमा यसले केही मात्रामा रसायनिकको परनिर्भतालाई अन्त्य गर्न सकिन्छ ।

प्राकृतिक खेती प्रतिस्पर्धा अर्थात् विकल्पको हकमा रासायनिक विधिलाई विस्थापन गर्न सक्षम प्रणाली हो यसको ३ वटा प्रमुख विशेषता छन् ।

क) लागत कम

ख) गुण सबैभन्दा उच्च

ग) परिमाण सन्तुलन

यसका फाइदाहरू निम्नानुसार छन्:

क) जोखिम कम

ख) मल, विषादी र बिउको निर्माण किसान आफैले गर्न सक्छन् 

ग) वाली मिश्रित लगाउन मिल्ले । (अनिवार्य)

घ) माटोको एज्मा सुधार

ङ) स्वास्थ्यवर्धक

च) ग्रिन हाउसको आवश्यकता नपर्ने 

छ) सरुवा रोगलाई केही मात्रामा झेल्न सुक्ने बालीको गुण निर्माण

रसायनिक विधिबाट गरिने खेतीसँग तत्कालै विकल्प नदिनुमा यस प्रणालीमा पनि केही चुनौती छन्  । जस्तै,

१. यस विधिको नतिजा क्रमशः प्रतिफलमा हुने–हुँदा किसानले सुरुमा परिमाण नपाउँदा निराश पनि बन्न सक्छन् ।

२. मल र विषादी निर्माण गर्न सुरुमा केही झन्झट हुन्छ ।

३. बिउको ग्रेटिङ्ग र विजाअमृत गर्ने सुरुमा झन्झट हुन्छ ।

४. मलको लागी लोकल गाई, भैँसी, बाख्रा या कुखुरा मात्र हुनाले आपूर्ति या व्यवस्थापन गर्न मुश्कील हुन सक्छ ।

५. मल बनाउने प्रक्रिया केही झन्झटिलो छ ।

६. बजारको अभाव

के हो प्राकृतिक खेती ?

मानवीय श्रम र लागतलाई कम गरी उत्पादन र आम्दानी बढाउन स्थानीय बिउ, मल, माटो र हावापानी सुहाउने गरी गरिने मौसमी खेती प्राकृतिक खेती हो । प्रकृतिमा वा हाम्रो गाउँघरमा उपलब्ध हुने वनस्पतिबाट बिरुवाबाट बिरुवाको उपचार यसमा गरिन्छ । यसका विभिन्न आयाम हुनाले यहाँ सविस्तार गर्न गाह्रो छ । यसको प्रयोग खासगरी भारतको उडिसा, मध्यप्रदेश, राजस्थान, गुजरात, मेघालय, सिक्कीम र त्रिपुराले राज्य स्तरबाटै घोषणा गरेर लागु (प्रयोगमा) गरेका छन् । आकाश चौरासीया र सुभाष पालेकर यसका अभियन्ता हुन् ।

तत्कालीन कृषि क्याम्पस चितवनका प्रोफेसर तथा नेपालमा कृषि अनुसन्धान केन्द्र नार्कको स्थापना गर्ने संस्थापक डा. खड्ग ब. श्रेष्ठको भनाई यहाँ स्मरणीय छ ।

“मैले नै हो छिमेकी देशले उत्पादनमा कायापलट गरेको देखेर सर्वप्रथम नार्कबाट सिफारिस गरी युरिया र डिएपीको सल्लाह दिएको आज जीवनमा सबैभन्दा बढी त्यही कुराले मलाई पछुतो भईरहेछ र बाँकी जीवन भरी यसको बेफाइदा र हानीको लागी प्रचार गर्दा, बाँकी अन्य जिम्मेवारी डा. पनि छन् हेरौँ के गर्लान् । यस गल्तीको सजाय कसरी भुक्तान गरुम ।”

(लगानी र उत्पादन) वृद्धि प्रतिफल र ऋणात्मक प्रतिफलको नियम

वृद्धि प्रतिफल भन्नाले अघिल्लो सिजनको तुलनामा पछिल्लो सिजन मा लागत घट्ने तर उत्पादन परिमाण र आम्दानी बढी नाफाको अनुपात बढ्ने प्रक्रिया हो । ऋणात्मक प्रतिफलमा चाही लागत बढिरहन्छ प्रत्येक सजिन तर परिमाण र कुल आम्दानी बढाउन लागत अतिरिक्त बढाउन पर्दछ त्यसो गर्दा कुल उत्पादन ऋणात्मक हुन्छ अर्थात् अघिल्लो सिजनको तुलनामा पछिल्लो सिजनको कूल नाफाको अनुपात घट्न जान्छ ।

     लेखक 

  सुवर्ण विष्ट 

  (कृषक)

(प्रकाशित लेख लेखकको नीजि विचार हो।)