परासी, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपरासीको नवौं अधिवेशन हुने भएको । यही वैशाख २१ र २२ गते सुनवलमा नवौं अधिवेशन हुन लागेको हो ।
अधिवेशनको उद्घाटन २१ गते नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले गर्ने आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी नवलपरासीका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए । उनको अनुसार पार्टीको नवौँ धिवेशनको लोगो पनि सार्वजनिक गरिएको अधिकारीले बताए । पार्टी अध्यक्ष २० गते नै आउने र त्रिवेणीको गजेन्द्र धामको धार्मिक र त्रिवेणी धामको अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।
पार्टीले अधिवेशन सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति गठन गरेको छ । कुल ४२१ प्रतिनिधि हुने जिल्ला अधिवेशनका लागि वैशाख १७ गते एकैदिन प्रतिनिधि छनौटको कार्यक्रम राखिएको जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए ।
एमालेले जिल्ला अधिवेशनका लागि २० सङ्गठित सदस्य बराबर १ प्रतिनिधि, हरेक ३ पार्टी सदस्य ३ र हरेक ५ सदस्य बराबर २ जना महिला अनिवार्य गरिएको छ भने प्रत्येक ५ प्रतिनिधि बराबर १ युवा प्रतिनिधि अनिवार्य गरिएको पार्टीका जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए । पार्टीकको २२ जनसङ्गठनबाट १÷१ जना प्रतिनिधिको पनि व्यवस्था गरिएको छ ।
यस्तै उत्पीडित जाति समुदायको हकमा वडा निर्वाचन क्षेत्र रहने गरी ५ जना सङ्गठित सदस्य बरावर १ जना प्रतिनिधि छनौट हुने पार्टीका उपाध्यक्ष डोलराज भण्डारीले बताए । नेकपा एमालेको जिल्ला कमिटी १ सय ५ जनाको हुने पार्टीका सहसचिव राजन आर्चायले बताए ।