शनिबार १३ बैशाख, २०८२

नेपाली समय

संयुक्त विपद् कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना

संयुक्त विपद् कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना

रौतहट, ९ वैशाख । आगलागी, जल उत्पन्न प्रकोप तथा बाढी डुबानको समयमा समयमा जनधनको क्षति हुनबाट जोगाउने उद्देश्यबाट सदरमुकाम गौरको बरहवा तालमा विपद् कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहट द्वारा आइतबार गौर नगरपालिका वडा नम्बर ५ स्थित बरहवा तालमा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनासँगको सहकार्यमा विपद् कृत्रिम घटना अभ्यास सम्बन्धी कार्यक्रम आयोजना गरिएका थिए ।

उक्त डेमो अभ्यास कार्यक्रममा आगलागी, जल उत्पन्न प्रकोप तथा बाढी डुवान जस्ता अकस्मात् आइपर्ने सम्बन्धी घटनाहरूमा परिचालन हुनको निमित्त पूर्वतयारी, जोखिमलाई प्रभावकारी ढङ्गले कार्य सम्पादन तथा न्यूनीकरण गर्ने उद्देश्यबाट संयुक्त विपद् कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरले जनाएका छन् ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको संयुक्त विपद् कृत्रिम घटना अभ्यास कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी राय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरीका श प्र उ विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय कुमार सिंह, नेपाली सेनाका सेनानी, नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका अध्यक्ष, प्रादेशिक अस्पताल गौर मेडिकल सुप्रिटेण्डेन्ट, स्थानीय जनप्रतिनिधि, सरकारी, गैह्र सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख, सञ्चारकर्मी लगायत स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरीका प्रमुख विक्रम हुमागाईँले जानकारी दिए ।