बुधबार १२ बैशाख, २०८१

नेपाली समय

नेत्र ज्योति संघ जिल्ला शाखाको साधारण सभा सम्पन्न

नेत्र ज्योति संघ जिल्ला शाखाको साधारण सभा सम्पन्न

रौतहट, २० चैत । नेपाल नेत्र ज्योती संघ शाखाको वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । गौर आँखा अस्पताल पुरेनवाको मिटिङ हलमा नेपाल नेत्र ज्योती संघ शाखा रौतहटद्वारा मंगलवार वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।

नेत्र ज्योती संघ शाखा रौतहटका सभापति विजयकुमार सिंहको सभापतित्वमा सम्पन्न वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा गौर नगरपालिकाको उप नगर प्रमुख शैलकुमारी साह, विशिष्ट अतिथि नेपाल नेत्र ज्योती संघ मधेश प्रदेशका प्रमुख सचिव संजिवकुमार मल्लिक, पूर्व सभापति दुर्गा प्रसाद यादव, सचिव बच्चा प्रसाद यादव, कोषाध्यक्ष शिवमंगल प्रसाद साह, अस्पतालका मेडिकल डायरेक्टर डा. प्रज्जवल बस्नेत, गौर नपा ९ का वडाध्यक्ष अर्जुन सिंह, आजीवन सदस्य एवं नागरिक अभियन्ता डा. नन्दकिशोर झा उपस्थिति रहेको थियो ।

त्यस्तै आजीवन सदस्य तथा समाजसेवी रेबन्त झा, मधेश प्रदेश आजीवन सदस्य भुवनी देवी श्रेष्ठ लगायतका आजीवन सदस्य तथा नेपाल नेत्र ज्योती संघका पदाधिकारी एवं सदस्यहरू र सञ्चारकर्मीहरूको वृहत् उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको नेत्र ज्योती संघ शाखा रौतहटका सभापति विजयकुमार सिंहले जानकारी दिए । वार्षिक साधारण सभाको सञ्चालन गौर आँखा अस्पतालका कार्यक्रम सञ्चालक सत्येन्द्र पाण्डेले सञ्चालन गरेको थियो ।