शनिबार १३ बैशाख, २०८२

नेपाली समय

पालिका क्रिकेट प्रतियोगितामा यमुनामाई विजयी

पालिका क्रिकेट प्रतियोगितामा यमुनामाई विजयी

 रौतहट, २० चैत्र । जिल्लाको गौरमा जारी पालिका कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको लिग चरणको पहिलो खेलमा गौर नगर पालिका पराजित भएको छ। पालिका कपमा अहिले सम्म पराजयको मुख नदेखेका गौर नगरपालिकालाई लिग चरणमा ८ रनले यमुनामाई गाँउपालिकाले पराजित गरेको हो।

टस जितेर पहिला बलेबाजी रोजेका यमुनामाई गाउ पालिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३८ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। यमुनामाईको लागि डब्बलु आनन्द मलिकले ४३, आयन मुखिया २९ को व्यक्तिगत योगदान दिएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाए। 

गौर नगरपालिकाले जितको लागि पाएको १३९ रनको लक्ष्य पुरा गर्न बल्लेबजी गर्न आउँदा १० विकेटको क्षतिमा १३० रन बनाएर ८ रनले पराजित भएको छ। गौरको लागि राज पटेलले सबै भन्दा बढी ४२ रन बनाएको थियो। यसै गरी नक आउट अन्तर्गत बिहान भएको अन्तिम खेलमा माधब नारायण नगरपालिका १७ रनले गढ़िमाई नगर पालिकालाई पराजित गर्दै लिग चरणको प्रतिस्पर्धामा सहभागी भएका छन्।

पहिलो बल्लेबजी गरेका माधव नारायणले ११५ रनको योगफल तयार गरेका थिए। जवाबमा बल्लेबजी गर्न आएका गढ़िमाई नगरपालिकाले ९८ रन बनाएर मैच गुमाएका छन्।