बुधबार १२ बैशाख, २०८१

नेपाली समय

मोटरसाइकल एकआपसमा जुध्दा एक जना चालक पासवानको मृत्यु

मोटरसाइकल एकआपसमा जुध्दा एक जना चालक पासवानको मृत्यु

रौतहट, १८ चैत्र  । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने जिल्लाको परोहा नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने परोहा नगर पालिकाको लौकाहा र बसन्तपटीको बीचमा बिआर ३० यु ८७६७ होन्डा साइन तथा बीआर ०५ बीबी २८४० नम्वरको अपाची मोटरसाइकल एकआपसमा आईतवार विहान जुध्दा बौधीमाई नपा ४ इनरवारीका २५ बर्षिय सुरेश पासवानको मृत्यु भएको हो ।

दुबै मोटरसाइकल एक आपसमा जुधेर गम्भीर घाइते बनेका पासवानलाई तत्कालै उपचारको लागि वीरगञ्ज पाइएको थियो। उपचारको क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएको छ ।

अर्का मोटरसाइकलका चालक परोहा नगरपालिको जिंगडवाका अलियास सहित दुई जना घाइते भएको प्रहरीले जानकारी दिए । घाइते मध्ये एक जनाको केयर होस्पिटल वीरगञ्जमा र एक जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको तथा उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।