बुधबार १२ बैशाख, २०८१

नेपाली समय

बाढीका कारण तान्जानियामा धेरै मानिस घरबारविहीन

बाढीका कारण तान्जानियामा धेरै मानिस घरबारविहीन

दार एस सलाम, १८ चैत । भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन् । 

नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिनुभयो । प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार  मानवीय सहायता प्रदान गर्र्नेे प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराउनुभयो । 

बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।