शनिबार १३ बैशाख, २०८२

नेपाली समय

गाँजा सहित एक जना पुरुष प्रहरी नियन्त्रणमा

गाँजा सहित एक जना पुरुष प्रहरी नियन्त्रणमा

रौतहट, १५ चैत । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको भैसही टोलबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी दुधिअवाबाट खटिगएको संयुक्त प्रहरी टोलीले शुक्रबार घरमा खानतलासी गर्ने क्रममा १७ किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो। नगरपालिका वडा नं. ११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पासवानको घरबाट गाँजा फेला परेको प्रहरीले जनाएका हुन् ।

बारा बछनपुर्वा स्थायी घर भई हाल सो स्थानमा बस्दै आएका पासवानको कोठामा प्रहरी टोलीले खानतलासी गर्दा उक्त गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक तथा एलिजा गिरीले जानकारी दिइन् । गाँजासहित पासवानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मीनियामा राखिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पासवान विरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती खोजी खोजी फडानी गरेर नष्ट गर्ने अभियान चलाएको हो । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (क) मा गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्रीवितरण गर्न, निकासी वा पैठारी गर्न, ओसारपसार गर्न, सञ्चय गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।