आइतबार १३ जेठ, २०८१

नेपाली समय

गरुडामा बैंकर्षहरुको र्याली: सुरक्षित, गुणस्तरीय तथा भरपर्दो बैङ्किङ सेवा उपलब्ध गराउने सामूहिक प्रतिबद्धता

गरुडामा बैंकर्षहरुको र्याली: सुरक्षित, गुणस्तरीय तथा भरपर्दो बैङ्किङ सेवा उपलब्ध गराउने सामूहिक प्रतिबद्धता

रौतहट, १० चैत । जिल्लाको मध्यभागमा रहेको गरुडा तथा शिवनगरमा रहेका दर्जनौँ बैङ्कहरूले आम नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बैङ्किङ सेवा उपलब्ध गराउन आफूहरू कुनै कसर बाँकी नराख्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । बैङ्कप्रति आम नागरिकलाई अझै जिम्मेवार, जबाफदेही र विश्वासिलो बनाउने तथा बैंकबाट प्रदान गरिने विभिन्न सेवाहरूका बारेमा जानकारी दिने उद्देश्यले जिल्लाको मध्यभाग गरुडामा गरुडा र शिवनगरका सम्पूर्ण बैंकका कर्मचारीहरूले वृहत् र्याली प्रदर्शन गरेको हो ।

बैंकद्धारा कारोबार गर्नुहोस्, बचत तथा बैंकमा आफ्ना पैसा सुरक्षित गरी आफ्ना भविष्य सुरक्षित गर्नुहोस् भन्ने मूल नाराका साथ इलाका प्रहरी कार्यालय गरुडाको अगाडिबाट निस्केको र्याली पुरै गरुडा बजार परिक्रमा गरी मेथुर चौधरी चोकमा गएर कोणसभामा गएर परिणत भएको थियो । र्यालीमा गरुडामा रहेका दर्जनौँ बैंक तथा वित्तीय संस्थाका मैनेजर र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

गरुडाका राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, प्रभु बैंक, लक्ष्मी विकास बैंक, कैलाश विकास बैंक, मुक्तिनाथ, एभरेष्ट, एनआइसी एसिया, माछापुच्छ्रे, नविल, कृषि विकास, सिद्धार्थ, सिटिजन, लगाएत बैंकका प्रबन्ध निर्देशक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकमा ग्राहकले जम्मा गरेको निक्षेपको सुरक्षाको अवस्था, बैंकबाट लिएका ऋण कस्ता क्षेत्र वा व्यापारमा लगानी गर्ने, बैंकबा लिइएको ऋण कसरी सदुपयोग गर्ने इत्यादि कुराको आम नागरिकलाई जानकारी दिने उद्देश्यका साथ सम्पूर्ण बैंकर्षहरुको सहभागितामा उक्त र्याली निकालिएको राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक अरविन्द झाले जानकारी दिएका हुन् ।

बैंकिंङ कारोबार अन्य कारोबार भन्दा भरपर्दो र सुरक्षित रहेकोले बैंकद्धारा नै कारोबार गर्न राष्ट्रिय वाणिज्य बैंक गरुडाका प्रबन्ध निर्देशक झाले सबैलाई आग्रह गरे ।

बैंकबाट लिइएको ऋण उत्पादकमूलक क्षेत्रमा मात्र लगानी गर्नसके ऋणीलाई मुनाफा हुने र बैंकलाई ब्याज तिर्न समेत सहज हुनेभएको हुँदा बैंकलाई प्रतिफल हुनेगरी उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न झाले ग्राहकहरूलाई अनुरोध गरे ।

बैंकमा आम नागरिकले जम्मा गरेको निक्षेप एकदमै सुरक्षित रहने भएको हुँदा निर्धक्क भएर बैंकद्धारा कारोबार गर्न उनले सबैलाई आग्रह गरे । उनले भने, ‘वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था नै बैंक हो । रुपैयाँ बचत, त्यसको भुक्तानी,  ऋण प्रवाह र अन्य सेवाहरू बैंकले प्रदान गर्छ ।’ ‘बैंकले बचतकर्ताबाट पैसा लिन्छ अनि ऋण दोस्रो व्यक्ति वा संस्थालाई ऋण दिन्छ । त्यसैले बैंकलाई वित्तीय मध्येस्थकर्ता पनि भनिन्छ उनले भने।’

‘बैंकमा  पैसा राख्नु भनेको आफ्नो कमाइलाई  पारदर्शी र सुरक्षित बनाउनु हो, बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिने भएको हुँदा बैंकद्धारा कारोबार गर्नेतिर सबैले लाग्नुपर्ने उनले धारणा राखे ।

देशको समग्र बैङ्किङ तथा वित्तीय प्रणालीप्रति जनविश्वास बढाउन, निक्षेपकर्ताको हकहितको संरक्षण, संवर्द्धन गर्न, गुणस्तरीय तथा भरपर्दो बैङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराई वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख दायित्व रहेको हुँदा सोही अनुसार आफूहरू काम गरिरहेको प्रबन्ध निर्देशक झाले बताए । उनले अघि भने, ‘सिरानीमुनि वा सन्दुकभित्र राखेको पैसा हराउन सक्छ तर बैंकमा बचत गरिएको रकम हराउँदैन, सुरक्षित हुन्छ, साहु महाजन वा व्यक्तिगत रूपमा ऋण लाउँदा सावाँ नै गायब हुन सक्छ, बचतको के कुरा ! तर बैंकमा यस्तो हुँदैन ।

बैंकमा जति बचत गरिन्छ, त्यसअनुसार ब्याज पाइन्छ । सावाँ पनि सुरक्षित हुन्छ । आफूलाई चाहिएका बेला बैंकबाट रकम झिकेर चलाउन सकिन्छ । चाहिएका बेला बैंकबाट कर्जा लिन सकिन्छ । बैकमा खाता छ भने देश वा विदेशबाट पैसा पाउन वा पठाउन सकिन्छ त्यसैले बैंकद्धारा नै कारोबार गर्न उनले सुझाव दिए ।

त्यस्तै एनएमबी बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक अर्जुन कुमार ठाकुरले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो बैङ्किङ सेवा उपलब्ध गराउन आफूहरू कुनै कसर बाँकी नराखेको बताए।

बैंकिंङ क्षेत्रमा हुने गलत एवं आपराधिक कार्यलाई रोक्न आफूहरू कुनै कसर बाँकी नराखेको बताउँदै प्रबन्ध निर्देशक ठाकुरले आम नागरिकलाई सरल एवं सहज रूपमा सेवा उपलब्ध गराउने बैंकको प्रमुख दायित्व रहेकोले आफूहरू सोही अनुसार सेवा प्रवाह गर्दै आएको बताए ।

त्यस्तै प्रभु बैंक गरुडा शाखाका प्रबन्ध निर्देशक रामेश्वर श्रैष्ठले बैंक प्रयोगकर्ताहरुलाई आ-आफ्ना अकाउण्टको यूजर आइडी र पासवर्ड कसैलाई नदिन तथा यस्ता संवेदनशील विषयमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

पछिल्लो समय बैङ्किङ ठगीका घटना बढेको भन्दै मैनेजर श्रेष्ठले ग्राहकहरूलाई आफ्नो बैङ्किङ विवरण अन्य कसैलाई पनि नदिन र सचेत हुन आग्रह गरेका छन् । आफ्नो पासवर्ड, ओटीपी कोड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी लगायतका अन्य कुनै पनि बैङ्किङ विवरण अरूसँग कहिल्यै शेयर नगर्न उनले आग्रह गरे  ।

साथै उनले चिट्ठा तथा उपहार परेको प्रलोभनमा त्यसको नाममा भन्सार एवम् कर तिर्नुपर्ने भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने क्रमसमेत बढेकोले त्यस किसिमका भ्रम तथा प्रलोभनमा समेत नपर्न आग्रह गरेका हुन ।