मंगलबार २२ असोज, २०८१

नेपाली समय

तपाईंको राशिफल यो महिना कस्तो रहेको छ ?; २०८० चैत्र महिनाको मासिक राशिफल

तपाईंको राशिफल यो महिना कस्तो रहेको छ ?; २०८० चैत्र महिनाको मासिक राशिफल

२०८० चैत्र महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८०  चैत्र महिना सुखका साथै धन प्राप्त, स्थान परिवर्तन भई अर्थलाभ, सुखको अनुभूति बढ्ने,आत्म सन्तुष्टि बढ्ने, सेतो सामाग्री कला सङ्गीत खेलकुद मनोरञ्जन सम्बन्धी कार्यबाट लाभ, शेयर कारोबारमा नोक्सान, हाईड्रो सम्बन्धी कामबाट लाभ, सेतो रङ्गको काम गर्ने सियर कारोबार राम्रो, अल्छीको कारण स्वास्थ्यमा खराब, आफन्तबाट नोक्सान हुने, प्रेम तथा दाम्पत्यमा सुख, सम्पत्ति लाभ, यात्रा रमाइलो, शिक्षामा अल्छीपन आउने, अपत्यारिलो देखिए पनि कार्यमा सफलता ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८०  चैत्र महिना  सुख प्राप्त, अर्थलाभ, शृङ्गारिक मनोरञ्जन कला सङ्गीत पर्यटन क्षेत्रमा लाभ, तरल पदार्थ दूध, जुस सम्बन्धी कार्यबाट लाभ, धनादी लाभ, शिक्षा अभियान परामर्श सम्बन्धी कामबाट लाभ, वाणीबाट धनलाभ, शत्रुबाट कार्यमा बाधा, जागिरमा अलि अपमान बेहोर्न पर्ने, धातुबाट नोक्सान, प्रेममा सफलता, चोरी हुने, दुर्घटनामा पर्न सक्ने, भूमि औषधी सेना पुलिसमा रहेकालाई अलि नोक्सान, हाइड्रो तथा बैङ्क सम्बन्धी सियर कारोबारबाट लाभ, स्वतथ्यमा आँखा र रक्त सम्बन्धी विकार बढ्ने, माथिल्लो पुस्तासितको संगतबाट लाभ, यात्रामा अवरोध, शिक्षामा लाभ, गुरुजनको आज्ञाबाट लाभ रहेको, मुद्दा मामिला दुर्घटनामा पर्न सक्ने, आगो रात्री हतियार सम्बन्धी कार्यबाट सावधानी अपनाउनु पर्ने ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८०  चैत्र महिना सुखका साथै श्रीप्राप्ती, कीर्ति बढ्ने, ऐस बढ्ने, पराक्रम बढ्ने, अरुले विश्वास गर्ने, नेतृत्वमा सफलता, राजनीतिकमा लाभ, जागिरमा लाभ, वैदेशिक रोजगारी कार्यमा लाभ, तामा सम्बन्धी कार्यमा लाभ, वैदेशिक आयात निर्यात कार्यलाभ, सुखका साथै अर्थ लाभ रहने, साहस बढ्ने, जग्गा जमिन ढुङ्गा होटल आर्मी पुलिस औषधी सम्बन्धी कार्यबाट लाभ, विरोधीहरू परास्त हुने, शत्रुले अलि दुःख दिने, कृषि कार्यमा नोक्सान, हरियो कार्यमा नोक्सान, पुत्रलाभ, सन्तान सुख, मनोरञ्जन कला सङ्गीत पर्यटन शृङ्गारीक कार्यबाट लाभ, आत्म सन्तुष्टी बढ्ने, स्त्री सम्बन्धी कार्यबाट लाभ, रात्री धातु सम्बन्धी कार्यबाट सावधानी, दुर्घटनामा पर्ने, शेयर कारोबारबाट लाभ, विलासिताको कारोबारबाट लाभ, धातु सम्बन्धी शेयर किन्दा लाभ, नसा सम्बन्धी समस्या बढ्ने, आमासित सम्बन्धमा सुधार, प्रेम तथा दाम्पत्यमा सम्बन्धमा सुधार, घुमफिरको यात्रा हुने, शिक्षामा मनकम लाग्ने ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८०  चैत्र मानसिक शक्ति बढ्ने, बोलीमा प्रभावकारिता बढ्ने, अन्न सम्बन्धी अध्ययन सम्बन्धी कार्य, कृषि सम्बन्धी कार्यबाट लाभ, शत्रुबाट पीडा भय, सन्तानबाट लाभ, विलासिताका काम विपरीत लिङ्गबाट लाभ, दलाली कामबाट बारुद सम्बन्धी कामबाट अर्थलाभ,जागिर पद प्रतिष्ठामा आँच आउने, शिक्षामा व्यापारमा घाटा, शेयर कारोबारमा लाभ, श्वास प्रश्वासमा समस्या, जोडिएको सम्बन्धमा राम्रो, प्रेम तथा दाम्पत्यमा लाभ, यात्रामा चोरी हुने, आरोप लाग्ने, धैर्यता अपनाउनु पर्ने, सुखका साथै अर्थ लाभ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि वैशाख २०८०  चैत्र महिना भूमि औषधी ढुङ्गा माटो सम्बन्धी कार्यबाट लाभ, विद्याबाट लाभ हुने, स्टेशनरी कार्य शिक्षा क्षेत्रमा लाभ रहेको, पुराना कुराहरू जागृत हुने, ज्ञानवृद्धि बढ्ने, गरिबलाई दान गर्दा लाभ, सुखका साथै धनप्राप्ती हुने, रात्री कालीन दलाली काममा लाभ, शेयर कारोबारमा लाभ रहने, पाचन सम्बन्धी समस्या बढ्ने, माथिल्लो पुस्ताको सङ्गतले राम्रो, प्रेम तथा दाम्पत्यमा खटपट, यात्रा लामो यात्रा, शिक्षामा सफलता, मनोरञ्जन सामाग्रीमा लाभ, खेलकुद पर्यटन मोडलिङ्ग कलासंगीत क्षेत्रमा रहेकालाई लाभ रहेको, देवीको आराधना गर्दा राम्रो ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० महिना रोगवृद्धि, शत्रुनाश, सुख प्राप्त, मनमा आट आउने, सबैको मन जित्न सकिने, अघिल्लो पुस्ताबाट लाभका साथै काम बन्ने,पथ प्रतिष्ठा सरुवा बढुवा हुने, वैदेशिक कार्यबाट लाभ, मुद्दामामिलामा विजय प्राप्त, रोग व्याधिबाट डर, सुख प्राप्त, भूमि ढुङ्गा सेना औषधी सम्बन्धी कार्यबाट लाभ, साहस विश्वास बढ्ने,शिक्षा धातुमा अलि खराब, सामाग्री चोरी हुनसक्ने, छाला सम्बन्धी समस्या बढ्ने,प्रेममा झगडा बढ्ने, विदेश यात्रा, शिक्षामा अवरोध, सरकारी जागिरमा शुभ, धैर्य अपनाउनु शुभ, स्पष्ट कुरा राख्दा शुभ रहने ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० चैत्र महिना शुभ रहेको प्रेममा सफलता, शिक्षा अध्ययनमा रुची बढ्ने, शैक्षिक सम्बन्धी कार्यबाट लाभ, सुखका साथै वित्तलाभ, धातु फलाम मेसीनरी कार्यबाट लाभ,आट साहस बढ्ने, भूमि सम्बन्धी कार्यबाट लाभ, बोली सम्बन्धी कार्यबाट लाभ, चिकित्सा सम्बन्धी कार्यबाट लाभ, रात्री मेसिनरी कार्यबाट सावधानी अपनाउनु पर्ने, दूधजन्य कारोबारबाट लाभ, कामदारहरूबाट लाभ, प्रेममा सफलता, यात्रामा घुमफिरको यात्रा, शिक्षामा सफलता, कार्यमा पर सार्ने कार्य नगरेको राम्रो ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० चैत्र महिनामा आर्थिक लाभका साथै सुख प्राप्त, सुरक्षा होटल सम्बन्धी कार्यबाट लाभ, शृङ्गारीक सम्बन्धी कार्यबाट लाभ, पर्यटन सम्बन्धी कार्यबाट लाभ, हवाई यात्रा सम्बन्धी कार्यबाट लाभ, शिक्षा जागिरमा अपमान बेहोर्नु पर्ने, रात्री कालीन कार्यमा अलि नोक्सान हुने, भूमि सम्बन्धी कार्यबाट लाभ,आँखा सम्बन्धी समस्या, दाजुभाइ बिचमा सम्बन्धमा सुधार, अध्ययनमा अवरोध, वैदेशिक यात्रा प्राप्त, विपरीत लिङ्ग सित सावधानी अपनाउनु पर्ने ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० चैत्र महिना वृहस्पति ग्रह अनुकूलका कारण शुभ रहेको, शिक्षा सम्बन्धी कार्यबाट लाभ, आयात निर्यात सम्बन्धी कार्यबाट लाभ, राजनीतिकबाट लाभ, सुखका साथै नाम प्रख्यात रहने, बोल्ने कामबाट लाभ, जागिरमा अलि अपमान बेहोर्नु पर्ने,विलासिता सम्बन्धी कार्यमा अलि नकारात्मक, धातु सम्बन्धी कार्यबाट नराम्रो, दलाली सम्बन्धी कार्यबाट लाभ,दुर्घटना बढ्न सक्ने, अपमान बेहोर्न पर्ने, शेयर कारोबारबाट लाभ, शिक्षा सम्बन्धी कार्यबाट लाभ, रगत विकार बढ्ने, प्रेम तथा दाम्पत्य जीवनमा अरूको कारण खटपट बढ्ने, लामो यात्रामा प्राप्त, रोकिएका कामहरू बन्ने, खानपिनको कारण पेट सम्बन्धी समस्या बढ्ने ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८० चैत्र  महिनामा कार्य सिद्धिका साथै सुख प्राप्त, जागिर पेसामा सुखद, वैदेशिक कार्यमा कर्म सिद्धि हुने, मनमा डर उत्पन्न, महिनाको मध्यपछि अर्थलाभ, बोलीमा प्रभाव बढ्ने, कृषि वैदेशिक होटल सम्बन्धी काममा शुभ, अध्ययन शैक्षिक कार्यमा अलि खराब, खनिज सम्बन्धी कार्यबाट नोक्सान, खराब कार्यबाट धन कमाउन मन लाग्ने दलाली काममा लाभ, धुवाँधुलो सम्बन्धी कार्यबाट लाभ, टाढाको यात्रामा कष्ट, शेयर कारोबारमा लाभ, स्वास्थ्यमा विर्सने बानी टाउको सम्बन्धी समस्या, प्रेममा मनमुटाब रहेको, अध्ययनमा अलि बढी मिहिनेत गर्नु पर्ने, अपरिचित व्यक्ति सित सावधानी अपनाउनु पर्ने ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० चैत्र महिनाको सरकारी जागिरमा रहेकालाई लाभ, आँखा सम्बन्धी  समस्या हुने, औषधी सम्बन्धी सेना पुलिस तिर नराम्रो, कुटुम्बबाट शुभ, शिक्षा धर्म कर्म तिर राम्रो,यात्राका धनलाभ, सुखका साथै शत्रु नास हुने, विलासिता तरल पदार्थ खेलकुद कला सङ्गीत तिर रहेकालाई शुभ, धातु बिजुली सम्बन्धी काममा नोक्सान, रात्री काममा नोक्सान, आकाश सम्बन्धी यात्रा नराम्रो । धनचोरी नोक्सान हुने । रक्त सम्बन्धी विकार । दाजुभाइबिच सम्बन्धमा खराब । प्रेममा बिग्रिएको सम्बन्ध सुधार, यात्रामा खराब, शिक्षामा शुभ, रात्री काल काममा खराब ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८० चैत्र महिनाको धन सम्पत्ति, गर गहना नोक्सान, अधीन अनावश्यक खर्च, आँखामा समस्या बढ्ने, सुख श्रीप्राप्ति, मान सम्मान बढ्ने, दाजुभाइसितको सम्बन्धमा सुधार, सेना पुलिस भूमि सम्बन्धी कामबाट लाभ, विरोधीपक्षहरु परास्त हुने, सुख प्राप्त, पैत्रिक सम्पत्तिबाट लाभ,विलासिताको काम खेलकुद पर्यटन, मनोरञ्जनबाट लाभ हुनेछ । आर्थिक लाभ, धातु सम्बन्धी कामबाट लाभ, बोल्दा हतियार र साझा काममा सावधानी अपनाउनु पर्नेछ । अध्ययनमा सफलता, घमण्ड आउन सक्ने, काममा बिर्सने हुन सक्छ।

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer