शनिबार ०१ असार, २०८१

नेपाली समय

भोजपुर प्रतिभा पुरस्कार -२०८० इन्द्रसुर बेल्टारेलाई !!

भोजपुर प्रतिभा पुरस्कार -२०८० इन्द्रसुर बेल्टारेलाई !!

भोजपुर, २८ फागुन । त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुर अन्तर्गत स्थापित भोजपुर प्रतिभा पुरस्कार-२०८० इन्द्रसुर बेल्टारेलाई प्रदान गरिने भएको छ ।

भोजपुर ,अरुण गाउँपालिका जरायोटार निवासी सर्जक बेल्टारेको "बस्तीको कुनाबाट" (कविता संग्रह-२०५९) मेरो नेपाल ( खण्डकाव्य-२०६०) , जुनको पराग (गजल संग्रह -२०६७) प्रकाशित भएकाछन् भने स्वर्णिम पल र परिचय नामक साहित्यिक पत्रिका सम्पादन/ प्रकाशनका साथै समयका स्वरहरू (२०६५ ), पूर्वका कविता (२०७०) संयुक्त कविता संग्रह सम्पादन गरेका छन् ।

भोजपुरमै रहेर साहित्यिक गतिविधिहरूमा देखाउनु भएको सक्रियता र योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठान अध्यक्ष सुवास विभासले बताउनु भएको छ ।

हरेक वर्ष साहित्य,कला र सङ्गीत विधाहरूमा प्रदान गरिँदै आएको पुरस्कारको राशि बाइस हजार दुई सय बाइस रुपैयाँ रहेको छ । गत वर्ष शेरबहादुर मोक्तान (मोक्तान भाइ) लाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।