बेइजिङ, १८ फागुन । गाजामा सहायताको पर्खाइमा रहेका बेला इजरायली आक्रमणमा परी १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएकोमा चीनले गहिरो दुःख व्यक्त गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार वक्तव्य जारी गर्दै घटनाबाट चीन स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गर्नु भएको छ ।
प्रवक्ता माओ निङले बिहीबार गाजा शहरमा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीहरूको भीडमा इजरायली सेनाले गोली हानेको घटना बारे सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो । उक्त घटनामा कम्तिमा ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना भन्दा बढी घाइते भएका थिए। प्रवक्ता माओले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो-, "हामी पीडितहरूप्रति शोक व्यक्त गर्दछौं र घाइतेहरूप्रति सहानुभूति प्रकट गर्दछौं।"
उहाँले सम्बन्धित सबै पक्षहरू, विशेष गरी इजरायललाई तुरुन्तै आक्रमण बन्द गर्न र नागरिकहरूको सुरक्षालाई गम्भीरतापूर्वक लिन र मानवीय पहुँच सुनिश्चित गर्न आग्रह गर्नु भएको छ ।