आइतबार १३ जेठ, २०८१

नेपाली समय

भुज (भार) समुदायको पराम्परागत भुजा भुट्ने पेसा सङ्कटमा

भुज (भार) समुदायको पराम्परागत भुजा भुट्ने पेसा सङ्कटमा

परासी, ३ माघ । पश्चिम नवलपरासीमा भुज (भार) समुदायको परम्परागत भुजा भुट्ने पेसा सङ्कटमा परेको छ । भुजा भुट्ने आधुनिक मेसिन प्रयोगमा  आएपछि परम्परागत भुजा भुट्ने पेसा सङ्कटमा परेको हो ।

उनीहरूले सानो छाप्रो बनाएर बर्षौंदेखि भुजा भुट्दै आएका पुर्ख्यौली पेसा आधुनिक मेसिन प्रयोगमा आएपछि पेसा सङ्कट  परेको गुनासो गरेका छन । नवलपरासीको सरावल गाउँपालिकाको वडा नं. २ मनरीमा भुजा भुट्ने पेसा गदै आएकी ५० वर्षीय लिलावती कहाँरले २५वर्षदेखि घरको अगाडी सानो खरले छाएको झोपडी बनाई भुजा भुट्न सुरु गरेको बताउँछिन् ।

उनी भन्छिन्– 'भुजा भुट्ने आधुनिक मेसिन प्रयोगमा  आएपछि परम्परागत भुजा भुट्ने पेसा सङ्कटमा परेको हो ।'  उनले यही भुजा भुटेर परिवार भुजा भुटेर दुई छोरी र एक छोरा पाल्दै आएको कहाँरको भनाई छ  । लिलावतीको सँगै छोराबुहारीले भुजा भुट्न सघाउँदै आएका छन । त्यही घरअगाडि छाप्रोमै भुजा भुट्ने माटोका ठूलाठूला चार पाँच भार चुलो बनाइएकी छिन । पहिला १२ महिना यो पेसा चल्ने गरेको थियो तर सिर्जना बाहेक अरुबेला नचल्दा अहिले पेसा झन् सङ्कटमा परेको बताउँदै  महिना २५ केजी चामल बटुल्न धौधौ परेको यसले परिवार पाल्न गाह्रो भएको कहाँरको भनाई छ ।

उनी दाउराको अभाव हुँदा भुजा भुट्ने सिसौको पात र भुसाले भारको आगो सल्काउने गरेको बताईन् ।  उनी भन्छिन् गाउँघरका  मानिसले आफै चामल चिउरा चना भटमास बदाम जस्ता कच्चा पदार्थहरू आफै लिएर आउने गरेको बताउँदै त्यसमा उनी आफ्नो ज्याला लिई भुट्ने गरेको बताईन् ।

उनीमात्र हैन यही पेसा अंगालकी रामग्राम नगरपालिकाको वडा नं. १७ देवगाँउकी ५८ बर्षिया बिन्द्रवती कहाँरको अवस्था पनि उस्तै छ । पहिला महिनामा १ क्वीन्टल, (चामल, चिउरा, चना भटमास बदाम) कच्चा पदार्थ आर्जन हुने गरेको तर अहिले महिनाको ३ पाथी (चामल चिउरा चना भटमास बदाम) कच्चा पदार्थ पु–याउन र आर्जन गर्न धौधौ परेको बिन्द्रवतीको भनाई छ । उनी यही पेसाबाट तीन छोरा र  एक छोरी पाल्दै आएको बताउँदै भुजा भुट्ने पेशाल तीन छोरा र एक छोरीलाई विवाह पनि गरिसकेको बताईन् ।

उनी गाउँमा सानो खरको छाप्रो बनाई ८ वटा माटोको घैँटो बनाई दिनहुँ भुजा भुट्ने गरेको छिन ।  उनी कहाँ धेरै टाढा र नजिकको, चार पाँचवटा गाउँघरकै मानिसहरूले  आफै चामल चिउरा चना भटमास बदाम जस्ता कच्चा पदार्थहरू आफै लिएर आउने गरेको त्यसमा उनी आफ्नो ज्याला लिई भुजा भुट्ने  गरेको बिन्द्रवतीले बताईन् ।  उनी बाह्रै महिना यो पेसामा समर्पित रहेकी छिन् दैनिकी यही पेसामा रमाउँदै आइकी छिन् ।  चिन्ता व्यक्त गर्दै आफ्नो पेसाको अन्तिम पुस्ता रहेको बिन्द्रवतीको  भनाई रहेको छ । उनलाई दाउराको अभाव हुँदा भुजा भुट्ने सिसौको पात र भुसाले भार आगो सल्काउने गरेको बताउँछिन् ।

भुजा तराईका बासिन्दाका लागि परम्परागत खाजाका रूपमा परिचित छ। पूजाआजा, व्रतबन्ध तथा घरपरिवारका भोजभतेरमा माछा, मासु, तरकारी, अचारसँग भुजा मन पराउनेको सङ्ख्या धेरै हुन्छ। दिउँसो खाजामा भुटेको भटमास, भुजा, आलुको चोखाभन्दा मुख नरसाउने कमै होलान् आधुनिक मेसिन र सामान्य चुलोमा भुटेको भुजाभन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वास्थ्यकर हुने गरेको छ ।