शनिबार १९ फागुन, २०८०

नेपाली समय

ओलीलाई रौतहटमा एक सय १ किलोको माला

ओलीलाई रौतहटमा एक सय १ किलोको माला

गौर, २५ माघ । रौतहट पूर्व प्रधानमन्त्री  एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रौतहटमा भव्य स्वागत गरिएको छ । नेकपा एमाले रौतहटका १० औँ  जिल्ला अधिवेशनमा सहभागी हुन अध्यक्ष ओली रौतहट आएका हुन् ।

एमालेको १० औ जिल्ला अधिवेशन माघ आज बिहीबार तथा शुक्रवार सम्म गरुडा नगरपालिकामा हुँदै छ । गरुडामा अध्यक्ष ओलीलाई एक सय १ किलोको मालाले गरुडा नपाका मेयर कन्थमणी जयसवाल लगायत केन्द्रीय नेताहरुले स्वागत, गरेका हुन । बिहीबार देखि हुने जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरेका हुन् । दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ ।

कार्यक्रममा एमालेका सचिव योगेश भट्टराई, रधुबिर महासेठ, सङ्घीय संसद किरण साह , पोलिटब्युरो सदस्य हरु, केन्द्रीय सदस्यहरू लगायतका नेता स्थानीयहरूको सहभागिता रहेको छ ।