शनिबार १९ फागुन, २०८०

नेपाली समय

''सर्ब धर्म, समभाव' मानव धर्म, समान अधिकार'' ६ वाणी सबैका लागि उपयोगी र सरोकार !

''सर्ब धर्म, समभाव' मानव धर्म, समान अधिकार'' ६ वाणी सबैका लागि उपयोगी र सरोकार !

"इमानदारी र खुसी पूर्वक गरिने सम्पूर्ण पुण्य कार्यहरू जति पनि छन्, ती सबै धर्म हुन्"

       -पं. शिवप्रसाद तिमल्सिना 

सरल जीवनशैली महान् व्यक्तित्व

संक्षिप्त परिचय:

साबिक गैरीमुदी गा.वि.स. वडा नं ५ दोलखा, हालको वैत्यश्वर गाउँपालिका वडा नं. १ मा पिता जयप्रसाद तिमल्सिना माता नैनाकला तिमल्सिनाको ज्येष्ठसुपुत्रको रुपमा मिति २००१ फागुन ३ गते जन्म भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थायी बसोबास गर्नु हुने  निवृत्त शिक्षक,धर्म संस्कृतिका संरक्षक, वेद- शास्त्रीय वक्ता, समाजसेवी एवं श्रीमतभागवत पूराण वाचक तथा सुवर्ण ममतादायी धर्मपत्नी अम्बिका तिमल्सिना र छोराबुहारीहरु: प्रकाशचन्द्र -सीता तिमल्सिना, रविचन्द्र- सपना तिमल्सिना तथा छोरीहरू सविता दुलाल, चम्पा दाहाल, रमा पोखरेल र ज्वाइँहरु: विष्णु प्रसाद दुलाल, भीम प्रसाद दहाल, ठाकुर प्रसाद पोखरेल साथै ७ नातिहरू र ४ नातिनीहरूका परमपूजनिय अभिभावक, शिक्षा प्रेमी, मानव धर्मसंस्कृतिका संरक्षक, कृष्णनगर टोल समाज, गोकर्णेश्वर न पा वडा नं ८ काठमाडौं का संस्थापक संरक्षक, पण्डित शिवप्रसाद तिमल्सिनाको यही २०८० माघ ११ गते ७९ वर्षको उमेरमा दु:खद निधन भएकोमा वहाँका आफन्तहरूले मात्र होइन वहाँले समाजमा दिएका शैक्षिक योगदान, सामाजिक योगदान, सांस्कृतिक तथा आध्यात्मिक योगदान र मानव सेवा धर्मसंस्कृति बाट लाभान्वित भएका हजारौँ मानिसहरूले असल अभिभावक गुमाएका छन् हजारौँ अनुयायीहरुले टुहुरो बनेको अनुभूति शेयर गर्दै अन्तिम विदाई पछिको १५ दिन सम्म वहाँका मानवीय चरित्र र "सर्वधर्म समभाव" वाणी र व्यवहार प्रति असाध्यै सम्मान गर समवेदनाबाट महशुस भएकाछन् ।

"चरित्रले नै बन्ने परोपकार र उपकारी,

  रिस,डाहा,पिडाले बनाउँछ अहंकारी,

  मानवीयता धर्मले बनाउँछ गुणकारी !!"

उहाँ भन्नुहुन्थ्यो: "मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ। धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो। मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ। सेवा यति नै गर्नु पर्छ भन्ने छैन, इमानदारी र खुसी पूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन्। सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ। सामाजिक सेवा आफ्नो धर्म हो। सामाजिक सेवा गर्नु पनि समुदाय बिच गरिने मानवीय धर्म हो । जसले आफ्नो मृत्यु पछि पनि याद दिलाउँछ।"

वहाँले सधैँ जप्ने मन्त्र हो "ॐ परम हंस"

प्राण त्यागको अन्तिम देव-वाक्य पनि

"ॐ परम् हंस" उच्चारण भएको थियो। 

वहाँका यिनै मानव धर्मको सरल व्याख्या र भावी पुस्ताका लागि स्मृतिमा रहेका महान् वाणी प्रति हार्दिक श्रद्धा एवं चिर-स्मरण गर्दै रहनेछौ।

उहाँले छोडेका मुख्य ६ वाणी:

१) आफ्नो जीवनलाई सार्थक वा निरर्थक बनाउने दायित्व आफैमा हुन्छ। धेरै गरेँ वा थोरै गरेँ भन्ने हिसाब किताबमा लाग्ने होइन, आफूले जति सकिन्छ, त्यति गर्ने हो ।

२) जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ, जब आध्यात्मिक चिन्तन मनन् सहित आफु व्यावहारिक कर्मयोगी बन्न सकिन्छ ।

३) आध्यात्मिक हुनु भनेको एकदम धार्मिक हुनु, मठ मन्दिरमै गएर जप गर्नु पर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवन पद्धतिमा ढाल्नु हो ।

४) समाजमा एक-दुई जना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन। तर, हेपाहा र कामचोर प्रकृतिसँगको सङ्गत बाट बेलैमा टाढिनु बुद्धिमानी हुन्छ।

५) जब एक अर्कालाई सम्मान सत्कार गर्दछौ तब मात्र समाज सभ्य, सुरक्षित र समृद्ध बन्न सक्छ।

६) सबैको दिल-दिमागबाट स्वतःस्फूर्त दया,माया, प्रेम, सहयोग, सत्कार, सम्मान, परोपकार र मानवता' मानवीय गुणहरू जागृत हुनपर्छ ।

जन्म २००१ फाल्गुन ३/ मृत्यु २०८० माघ ११ गते

शिक्षा र संस्कृतका हिमायती,मानव धर्मका प्रेरक पं. शिवप्रसाद तिमल्सिना प्रति भावपूर्ण श्रद्धाञ्जली !

Born BS 2001 Falgun 3 / Died BS 2080 Magh 11th
Emotional tribute to Pt Shiv Prasad Timalsina, advocate of education and Sanskrit, inspiration of human religion.

आध्यात्मिक, नैतिक, व्यावहारिक र सबै जात धर्म संस्कृति "सर्वधर्म समपुज्यु" का हिमायती, सत्मार्गी व्यक्तित्व स्वर्गीय पंण्डित शिवप्रसाद तिमल्सिना हामी सबैका अभिभावक मात्र होइन विश्व प्रणाली जगत र मानव धर्म संस्कृतिका एक होनाहार व्यक्तित्वको प्रति हार्दिक श्रद्धा सुमन ! प्रति हार्दिक श्रद्धाञ्जली !

(ठाकुर पोखरेलद्वारा श्रद्धाञ्जली अर्पण गरिएको भाव सहितको विचार)