परासी, २३ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरू आन्दोलित भएका छन् । नगरपालिकाले उपलब्ध गराउँदै आएको खाजाबापतको रकममा विभेद गरेको भन्दै आन्दोलित भएका हुन् ।
आन्तरिक स्रोतबाटै तलब पाउँदै आएका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूले नगरपालिकाले खाजाबापतको नदिएको भन्दै नगरपालिकाले विभेद गरेको स्वास्थ्यकर्मी अर्जुन कुमाले बताए । उनले भने नगरपालिकाले साना देखी ठूला कर्मचारीलाई खाजा बापतको रकम दिने तर हामी स्वास्थ्यकर्मीहरू नागरिकको सेवा स्वास्थ्य खटिराख्ने कर्मचारी खाजा बापतको रकम नदिएर नगरपालिकाले ठूलो अन्याय गरेको बताए ।
स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको बेला स्वास्थ्यकर्मीहरू आफनो जीवन ज्यानको माया नगरी आम नागरिकको स्वास्थ्य सेवा दिई ज्यान जोगाएको र नगरपालिकाले त्यसबेलाको पनि खाजा बापतको रकम नदिएको स्वास्थ्यकर्मी प्रमिला भुसालले दुखेसो पोखिन् ।उनले भनिन् नगरपालिकामा काम गर्ने सबै कर्मचारी एउटै भएकाले सङ्घ र प्रदेशको नाममा भेदभाव गरिनु गलत भएकाले समान व्यवहार गर्न माग गरिन् ।
नगरपालिकाले खाजाबापत रकम उपलब्ध गराउँदैन भने दिँदै आएको हामी सेवा समेत ठप्प पार्ने स्वास्थ्यकर्मी भोजेन्द्र पौडेलले बताए । स्वास्थ्य शाखामा ५५ जना कार्यरत छन्। जसमा ३२ जना आन्तरिक स्रोतबाट तलब पाउने छन्। नगरपालिकाको स्रोतबाट तलब पाउँदै आएकी सिर्जना विश्वकर्माले आफूहरूले उक्त रकम नपाएको गुनासो गरिन । आन्तरिक स्रोतबाट तलब पाउनेलाई खाजाबापतको रकम दिइएको भनिएको छ। तर, स्वास्थ्यकर्मीसहितका हामी ३२ जना कर्मचारीले पाएका छैनौँ’, उनले भनिन्। ।
उनले भनिन नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले भएसम्म मिलाउने नभई नदिने भन्ने कुरा गर्नु हुन्छ । उहाँहरूले हाम्रो माग बारे यस्तो अव्यवहारिक अभिव्यक्ति दिने कार्य गरेको भन्दै हामी धेरै अन्यायमा परेको विश्वकर्माले बताइन्। तर सबै कर्मचारीलाई खाजाबापतको रकम उपलब्ध गराउन नसकिएको स्वीकार गदै सङ्घ र प्रदेश सशर्त रकमबाट तलब पाउँदै आएका कर्मचारीबाहेक नगरको कोषबाट तलब पाउँदै आएका कर्मचारीलाई मात्र खाजाबापतको रकम उपलब्ध गराउने आएको बताइन् । उनले भनिन् उक्त रकम कटौती नै गर्ने की नपाएका कर्मचारीलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल संवादबाट टुङ्ग्याउने बताइन्
। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कर्मचारीहरूको मागको विषयमा आन्तरिक रूपमा छलफल संवाद गरी राजनीतिक तवरले छलफल गरी समस्या समाधान गर्ने बताए ।