मंगलबार ०६ फागुन, २०८१

नेपाली समय

जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवलद्वारा पुराना बुढा रुख कटान सुरु

जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवलद्वारा पुराना बुढा रुख कटान सुरु

परासी, २३ माघ । जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवलले बन रहेका पुराना बुढा रुख कटान सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूह, सुनवल–३ कीर्तिपुर–१ ले वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन पुनरुत्पादन कटानको अवधारण अनुसार पुराना बुढा रुखहरू काट्न सुरु गरेको हो ।

सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन पुनरुत्पादन कटानको समुद्घाटन एक कार्यक्रमको बिच जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख  भगौतीप्रसाद यादव रुदलले रुखमा आराले काटेर समुद्घाटन गरेका हुन् ।

समुद्घाटन गदै यादवले सामुदायिक वन उपभोक्ता समूहहरूले नियम कानुनसंगत रूपले आफ्ना उपभोक्ताहरूको मन जितेर पारदर्शीहुँदै वन संरक्षण र सम्बर्धनमा लाग्नुपर्नेमा जोड दिए । उनले वनक्षेत्रमा पर्ने बिजुलीको हाईटेन्सनको तार मुनी साना प्रजातिका रुखहरू लगाउने र अदुवा , बेसार लगायतका आर्य आर्जनहुने खालको खेती गर्नका लागि वन समूहलाई सुझाव दिएका थिए ।

सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले वनक्षेत्रमा औषधी जन्य रुखहरू समेत रोप्नका लागि अनुरोध गर्दै वन संरक्षण र संवर्द्धन प्रणालीमा रुखहरूको कटान गर्दा व्यवस्थित रूपमा रुख कटान गर्न आग्रह गरिन। वन संरक्षण र संवर्द्धन प्रणाली भनेको दिगो वन व्यवस्थापनको एउटा नमुना काम रहेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।

१४ वटा सामुदायिक वन रहेको नवलपरासी जिल्लामा गत वर्ष ८ वटा वनहरूले वन संरक्षण र संवर्द्धन प्रणालीको काम गर्न स्वीकृत लिएको  र यसवर्ष त्यो सङ्ख्या बढेर १२ पुगेको वाग्लेले जानकारी दिए ।

जनउदय सामुदायिक बन उपभोक्ता समूह, सुनवल–३ कीर्तिपुर–१ का अध्यक्ष बलबहादुर थापाले वन आफूहरूले विगत ५ वर्ष देखि दिगो वन व्यवस्थापनको काम गर्दै आएको बताए । उनले पहिलो वर्ष १ सय रुख कटान वाट शुरुगरी अहिले सम्म ४ सय ९९ रुख कटान गरेको जानकारी दिए ।

अहिले १५ दिनमा ८२ रुख काट्ने तयारी गरिएको उनले बताए ।  वनका उपाध्यक्ष राम संजिवन गुप्ताले आफ्ना उपभोक्ताहरूलाई रोजगारीसँग जोडेर वन संरक्षण र सम्वद्र्धनका लागि झाडी फाँड्ने कार्यमा एक घर एक व्यक्ति रोजगारीको अभियान सञ्चालन गरेको बताए  ।

यसरी रोजगारी दिँदै गर्दा यसवर्ष १ सय ६० जनाले वनको झाडी साफ गर्ने कार्यमा रोजगार पाएको, ४ जनाले मासिक तलब पाउने गरी र रुख कटानतीर पनि छुट्टै रोजगारी दिन आफ्नो संस्था सफल भएको बताए ।