बुधबार १२ बैशाख, २०८१

नेपाली समय

रामग्रामको जोकवारमा निःशुल्क बृहत् स्वास्थ्य शिविर ६ सय जनाले लिए सेवा

रामग्रामको जोकवारमा निःशुल्क बृहत् स्वास्थ्य शिविर ६ सय जनाले लिए सेवा

परासी, २३ माघ । पश्चिम नवलपरासीमा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित बृहत् सामुदायिक स्वास्थ्य परियोजना क्यानेडियान रेडक्रसकोे आर्थिक सहयोग देवदह मेडिकल कलेजको सहकार्य तथा रामग्राम नगरपालिकाको आयोजनामा जिल्लाको रामग्राम वडा नं. ९ स्थित रहेको श्री जनता आधारभूत विद्यालय जोकवारमा सञ्चालन गरिएको हो ।

रामग्राम नगरपालिकाको नगरप्रमुख धनपत यादवले एक दिने बृहत् स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् । उद्घाटन गदै नगरप्रमुख यादवले शिविरबाट भरपूर्ण सेवा लिन आम नगरबासीहरुलाई आग्रह गरे । शिविरले समुदायमा रहेका बिरामीलाई पहिचान हुने उक्त स्वास्थ्य सेवाहरूले आम नागरिकलाई स्वास्थ्य सेवा पहुँच पुग्ने बिश्वास व्यक्त गरेका थिए ।

नगर उपप्रमुख सम्झना चौधरीले यहाँमात्र यस्तो स्वास्थ्य शिविर नभई क्रमशः पालिकाको अरू वडाहरुपनि सञ्चालन गर्ने बताईन् । उनले यसक्षेत्रका बासीहरूले शिविरमा स्वास्थ्य जाँच गरी मौका फाइदा लिन नगरबासीहरुलाई आग्रह गरेकी थिईन् । सुबिधा सम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याउने र समुदायमा लुगेका रोगहरूलाई निराकरण गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताए ।

शिविरमा  वडा नं. ९ का र भारतसमेत गरी ६ सय जनाले सेवा लिएको रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए। १० लाखको निःशुल्क औषधीमा पनि बितरण गरिएको नेपाल रेडक्रस सोसाईटीमा सञ्चालित समुदायमा आधारित बृहत् स्वास्थ्य कार्यक्रमका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिए ।

शिविरमा ६ प्रकारको विशेषज्ञ टोली परीक्षण गरिएको जसमा साधारण स्वास्थ्य परीक्षण ,नाका,कान घाँटी ,छाला सम्बन्धी,आँखा परीक्षण दाँत सम्बन्धी, विशेषज्ञबाट बिरामीहरूलाई परीक्षण तथा  परामर्श प्रदान गरिएको वडा नं. ९ का वडाध्यक्ष भोजनारायाण यादवले बताए ।