शनिबार १९ फागुन, २०८०

नेपाली समय

चार पालिकामा एकीकृत पोषण कार्यक्रम सञ्चालन

चार पालिकामा एकीकृत पोषण कार्यक्रम सञ्चालन

परासी, २४ मङ्सिर । पश्चिम नवलपरासीमा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेसनलको सहयोग तथा बेश नेपालको आयोजनामा एकीकृत पोषण कार्यक्रम सञ्चालनमा आएको हो ।

जिल्लाको चार पालिका एकीकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको बेश नेपालका कार्यक्रम संयोजक शालिकराम पोख्रेलले जानकारी दिए । उनको अनुसार पाल्हीन्दन गाउँपालिका, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा सञ्चालन  हुन लागेको बताए ।

जिल्लामा पहिलो चारणमा एक वर्ष एकीकृत पोषण कार्यक्रम सञ्चालन हुने छ । चार पालिकामा ६ महिना ५९ महिनाका बालबालिकामा  जनसंख्या १३ हजार ८ सय ८५ जना, स्कीङ्ग कम्तीमा ५८५ प्रतिशत ११ हजार ८ सय २ ,माध्यम शीघ्र कुपोषण ७२ प्रतिशत ८ सय ५० र कडा शीघ्र कुपोषण १ प्रतिशत एक सय १८ जनाको परियोजनाको  लक्ष्य रहेको बेश नेपालका कार्यक्रम संयोजक पोख्रेलले जानकारी दिए  ।   

कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । ६ महिना ५९ महिनाका बालबालिकामा ख्यायटेनपनको अवस्था लुम्बिनीमा १६ दशमलव २ प्रतिशत कुपोषित भएको तथ्याङ्क रहेको हेलेन केयर इन्टरनेसनका कार्यक्रम संयोजक भरत शर्माले बताए ।  यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताए । यसले यस कार्यक्रमले कुपोषण दरलाई घटाउने परियोजना व्यवस्थापक राजमण्डलले विश्वास व्यक्त गरेका थिए । उनले आमाको दूध नखुवाउँदा बालबालिकालाई कुपोषण हुने समस्या देखिएको र अहिले डिब्बाको दूध बोतलमा राखेर खुवाउँदा यस प्रकारको बालबालिकालाई कुपोषण हुने गरेको बताए ।

कूपोषीत बालबालिका बालबालिका र महिलाहरूको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिने छ । हेलेन केयर इन्टरनेसनलको सहयोगमा तथा बेश नेपालको आयोजनामा एकीकृत पोषण परियोजनाको सल्लाहकार समिति तथा सरोकारवालहरुसंग बैठक तथा छलफल कार्यक्रम गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)को अध्यक्षतामा भएको छलफल कार्यक्रममा पालिका प्रमुखहरू स्वास्थ्य कार्यालय प्रमुख पालिका स्वास्थ्य प्रमुख,र सरोकारवालाहरूको पत्रकार लगायतको सहभागिता रहेको थियो ।