कञ्चनपुर, ३ मङ्सिर । दोस्रो लालझाडी कप फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ ।
लालझाडी गाउँपालिकाको समन्वय तथा खेलकुद विकास समिति लालझाडीको आयोजनामा प्रारम्भ भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले खेलकुदका पूर्वाधार बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेलकुदका पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।
आजदेखि दुई सातासम्म सञ्चालन हुने प्रतियोगितामा २४ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु दुई लाख ५५ हजार पाँच सय ५५ र द्वितीय हुनेलाई रु एक लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई रु पाँच हजारका दरले पुरस्कृत गरिने छ ।
प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई रु एक हजार एक सय प्रदान गरिने छ ।