सोमबार ०५ माघ, २०८२

नेपाली समय

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई विधेयक प्रमाणीकरण
फाइल फोटो

मकवानपुर, २३ कात्तिक । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

उहाँले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्नुभएको थियो ।