शनिबार २४ कात्तिक, २०८१

नेपाली समय

उपभोक्ता हित संरक्षण मञ्चद्वारा ध्वनी प्रदूषण नियन्त्रण गर्न माग

उपभोक्ता हित संरक्षण मञ्चद्वारा ध्वनी प्रदूषण नियन्त्रण गर्न माग

परासी, १७  कात्तिक । नगर भित्र भइरहेको ध्वनी प्रदूषण नियन्त्रण गर्न माग गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले नगर भित्र ध्वनी प्रदूषण नियन्त्रण गर्न रामग्राम सरकारसँग माग गरेको हो। विभिन्न बहानामा गरिने ध्वनी प्रदूषणले मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै 

उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले नियन्त्रण गर्न स्थानीय सरकार रामग्रामसँग माग गरिएको  मञ्चका केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज रामजी ज्ञवालीले बताए । मञ्चले ध्वनी प्रदूषण रोक्न रामग्राम नगरपालिकालाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ । मञ्चका केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज रामजी ज्ञवालीले नगर प्रमुख धनपत यादवलाई ध्यानाकर्षण गराउँदै स्थानीय सरकारको अधिकार प्रयोग गरी ध्वनी प्रदूषण नियन्त्रण गर्न माग गरिएको जानकारी दिए ।

यस प्रकारका धार्मिक तथा कुनै पनि उत्सवका कार्यक्रम गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को झ(५) बमोजिम स्थानीय नगर सरकारबाट आवश्यक आदेश जारी ध्वनी प्रदूषणलाई नियन्त्रण गर्न माग गरिएको उनले भने ।

धार्मिक तथा विभिन्न उत्सवको बहानामा ध्वनी प्रदूषण गर्ने कार्य बढिरहेको बताउँदै ज्ञवालीले, पछिल्लो पटक कात्तिक १५ देखि स्वास्थ्य कार्यालय परासी अगाडि एक संस्थाले सप्ताहको नाममा चर्को स्वरमा डिजे बजाइरहेको जसले गर्दा नजिकमा बसोबास तथा व्यवसाय गर्ने व्यक्ति एवं नजिकै रहेको पृथ्वीचन्द्र अस्पतालका बिरामी समेत प्रभावित बनाएको छ । 

चर्को ध्वनी प्रदूषणले बालबालिका, बृद्धबृद्धा लगायतको स्वास्थ्यमा गम्भीर असर मात्र नभई स्थायी रुपमै श्रवणशक्ति गुम्ने खतरा रहनुका साथै मुटु रोगीलाई समेत जोखिममा पारिरहेको केन्द्रीय सदस्य ज्ञवालीले बताए ।