शनिबार ०३ माघ, २०८२

नेपाली समय

कविता: शून्य भो

कविता: शून्य भो

शून्य भो

जसोतसो दिन बितेकै छ प्रिय,

रात नआए हुन्थ्यो झैँ लाग्छ प्रिय ।

अब बिर्सन्छु भन्ने अठोट गर्छु प्रिय,

झन् यादले निदाउन दिँदैन प्रिय ।।

 

भान्सामा जान्छु अँध्यारो लाग्छ प्रिय,

सकेसम्म कोठाभित्र पस्दिन प्रिय ।

ऐनामा हेरेर कहिले तर्सन्छु प्रिय,

आफ्नै प्रतिविम्बमा डराउँछु प्रिय ।।

 

सुतेर दराजमाथि नजर जाँदा प्रिय,

तिम्रो विम्बले जब मलाई हेर्छ प्रिय ।

दिलको धड्कनले पारो नाघ्छ प्रिय,

छक्छक् गाडीमा भाग् भन्छ प्रिय ।।

 

तिम्रो रिक्तताले घर निराकार छ प्रिय,

शयन कोठाको नजर गिरेको छ प्रिय ।

सिरक डसना त मृत भइसके प्रिय,

सकिन यिनको प्राण फर्काउन प्रिय ।।

 

निदाउन दिँदैन सताउँछ निशिले प्रिय, 

आधीरातमा बार्दलीमा टहलाउँछु प्रिय ।

घिर्चाे उध्र्व तानी नजर गगनमा प्रिय,

हेर्दाहेर्दै आफैँ बिलाउँछु शून्यतामा प्रिय ।।

 

(प्रेमिका केही समय बाहिर रहँदाको प्रेमीको अवस्था)

 

-हर्ष थापा

दारिम्बोट पनौती – २ काभ्रे 

हाल महालक्ष्मी –१, इमाडोल ललितपुर