शनिबार २६ असोज, २०८१

नेपाली समय

नेपाल स्वयंसेवक सङ्घको गरुडा नगरपालिका नगर कमिटी गठन

नेपाल स्वयंसेवक सङ्घको गरुडा नगरपालिका नगर कमिटी गठन

रौतहट, १३ असोज । रौतहट जिल्लाको गरुडानगरपालिकाअन्तर्गतमा शुक्रबार नेपाल स्वयंसेवक सङ्घ मधेस प्रदेशको गरुडा नगर कमिटी गठन गरिएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा नेपाल स्वयं सेवक सङ्घको सङ्गठन विस्तार गर्ने क्रममा गरुडा नगरपालिका नगर कमिटी गठन गरिएको हो ।

मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकको विशिष्ट अतिथि तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि कल्वारको प्रमुख आतिथ्यमा सम्पन्न भएको नगर भेलाबाट राकेश यादवको अध्यक्षतामा ११ सदस्य नगर कमिटी गठन गरिएको छ। 

नवगठित नगर कमिटीको अध्यक्षमा रोहित कुमार जयसबाल, उपाध्यक्षमा कृष्ण कुमार सिंह, सचिवमा विजय कुमार साह, सह-सचिव जयप्रकाश चौधरी, कोषाध्यक्ष अञजनी कुमारी चौधरी, सदस्य: शेख अल्ताफ, प्रमानन्द साह, बिकास झा, सिमादेवी साह, श्रीती जयसवाल र आरती जयसवाल सर्व सहमति बाट चयन गरिएको छ ।

नवगठित नगर कमिटीको शुभकामना दिँदै मधेश प्रदेश फोकल पर्सन पूजा तिमिल्सिनाले नेपाल स्वयं सेवक सङ्घ सामाजिक संस्था रहेको र समाजमा रहेको विसङ्गति विकृतिलाई हटाउने कार्यमा सक्रिय भएर लाग्नु पर्ने सुझाव दिए । उहाँले सङ्गठन बलियो भएमा सबै बलियो हुन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।