मङ्गलबारे (इलाम), ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालको कोसी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ भन्नुभयो । उहाँले गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । भेलामा कोसी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।