बिहीबार ०३ असोज, २०८१

नेपाली समय

रामग्राम १४ ऐचावलका अति गरिब बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण

रामग्राम १४ ऐचावलका अति गरिब बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण

परासी, २९ भदौ । पश्चिम नवलपरासीमा ५९औँ बाल दिवसको अवसरमा विविध कार्यक्रम गरी बाल दिवस मनाइएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नारा साथ ५९औँ बाल दिवसको अवसरमा नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति नवलपरासीले बालबालिकालाई अति गरिब र आमा बुवा नरहेको टुहुरा बालबालिकालाई  झोला र शैक्षिक सामाग्री बितरण गरी बाल दिवस मनाएको हो ।

रामग्राम नगरपालिकाको वडा नं. १४ स्थित ऐचावलका अति गरिब टुहुरा तथा अनाथ बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण गरिएको नेपाल  बाल सङ्गठन जिल्ला अध्यक्ष पृत्तम पौडेलले जानकारी दिए ।

उनको अनुसार खुल्ला सिकाई केन्द्रका आमा रहेको कसै बुवा नरहेको आर्थिक अवस्था कमजोर  बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री बितरण गरिएको बताए । अति गरिब टुहुरा बालबालिकालाई पठनपाठन सहज पुगोस्  तथा कुनै बालबालिका आर्थिक अवश्थाले शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले झोलासहित शैक्षिक सामाग्री बितरण गरिएको नेपाल  बाल सङ्गठन जिल्ला उपाध्यक्ष दिपक गैरले बताए ।

खुल्ला सिकाई केन्द्रमा अध्ययनरत अति गरिब टुहुरा अनाथ दश जना बालबालिकाहरूलाई कापी कलम ,झोला लगायतको शैक्षिक सामाग्री बितरण गरिएको  नेपाल  बाल सङ्गठन जिल्ला सचिव मोहन पौडेलले जानकारी दिए ।

रामग्राम नगरपालिकाको वडा १४ स्थित ऐचावलमा रहेको खुल्ला सिकाई केन्द्रले आर्थिक अभाव तथा अभिभावक नभएका कारण पढाइबाट वञ्चित रहेका बालबालिकालाई अनौपचारिक  कक्षा सञ्चालन गदै आएको खुल्ला सामुदायिक केन्द्रका कार्यक्रम संयोजन भवानीशंकर चौधरीले बताए ।

उनले भने सिकाई केन्द्रले अभिभाव नभएको र आर्थिक अवस्थाको कारण  बिचमा विद्यालयमा पढाई छाडेको  घर बसेको बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गदै आएको बताए । कतिपय विद्यार्थीहरूका अभिभावकहरू दैनिक छाक टार्न नसके परिवारका बालबालिकालाई खुल्ला सिकाई केद्रद्धारा अनौपचारिक कक्षा सञ्चालन गरी पठनपाठान गराइरहेको खुल्ला सिकाई केन्द्रकी सामाजिक परिचालीका सुमित्रा कोहारले बताईन् ।

उनले भनिन् बिहान १० बजेदेखि ३बजेसम्म कक्षा सञ्चालन हुँदै आएको र कतिपय बालबालिका पढाई रह भएपनि आर्थिक अभावको कारण वञ्चित हुने अवस्थामा सिकाई केन्द्रले गर्दा उक्त बालबालिकाको पढ्न रहर पुरा भएको बताईन् ।