मंगलबार २२ असोज, २०८१

नेपाली समय

स्वास्थ्य कार्यालयको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

स्वास्थ्य कार्यालयको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

परासी, २८ भदौ । पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यक्रमको  जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनमा आज सुनवलको भुमहीमा कार्यालयले आब. २०७९।८०मा गरिएको कार्यक्रम जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७९।८० मा भएका कार्यक्रमहरूको समीक्षा तथा प्रस्तुतीकरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताए । उनको अनुसार जिल्लामा सात वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले वार्षिक समीक्षा कार्यक्रममा आर्थिक २०७९।८० वर्षमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रस्तुतीकरण गरेको बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यकालका तथ्याङ्क अधिकृत बंजरगी प्रसाद चौधरीले आर्थिक वर्ष २०७९।८० वार्षिक तथ्याङ्क प्रस्तुत गदै जिल्लामा यस वर्ष क्षयरोग चार सय ७० जना र गत वर्ष ४७२ जना क्षयरोगी रहेकोमा हालसम्म १९ जना क्षयरोगबाट मृत्यु भएको जानकारी दिए । जिल्लामा एच आईएभी गत वर्ष ४३ र यस वर्ष तीन सय २३ जना रहेकोमा आरएटी सेवा लिने तीन सय १७ जना रहेको तथ्याङ्क अधिकृत चौधरीले  बताए ।

 त्यस्तै जिल्लामा पाँच हजार आठ सय ७५ जनालाई ७० वर्ष माथि जेष्ठ नागरिकलाई सेवा प्रदान गरिएको र जिल्लामा ०७९।८०मा सिकसेल र थालेसिमीक रोग सुनवलमा एक जना र बर्दघाटमा एक जना भेटिएको तथ्याङ्क अधिकृत चौधरीले जानकारी दिए । प्रजनन स्वास्थ्य रुग्णता सेवा तर्फ जिल्लामा ०७०९।८०मा पाठेघरको मुख क्यान्सर परीक्षण गर्दा ३० देखी ४० महिलाको सङ्ख्या ९ सय ८३ जना र ५० वर्ष भन्दा माथिका महिला संख्या ४ सय ४३ जना रहेकोमा त्यसमा ३० देखी ४० महिलाको सङ्ख्या७३ जना पोजेटिभ र ५० वर्ष भन्दा माथिका महिला संख्या ३० जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै स्तन क्यान्सरको परीक्षण गर्दा  ४० वर्ष ८८ जना  र ४० देखी ७० वर्षसम्म दुई सय  १३ जना भेटिएकोमा शंस्कपद ४० वर्षमा ७ जना र ४० देखी ७० बर्ष सम्मकोमा ८ जना भेटिएको छ । स्वास्थ्य कार्यालय तथ्याङ्क अनुसार जिल्लामा कृष्ठ रोगी नयाँ ७० बिरामी जना रहेको असार महिनाको अन्तिम उपचारमा ७२ जना रहेको छ । कार्यक्रममा ७०।८० मा पालिका अन्तर्गत स्वास्थ्य संस्थाबाट सञ्चालित  स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य मुख्य सूचकहरूको आधारमा सरावल गाउँपालिका प्रथम स्थान हासिल गरेको र बर्दघाट नगरपालिका द्वितीय तथा रामग्राम नगरपालिका तृतीय स्थान हासिल गरेको स्वास्थ्य प्रमुख पन्थीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख भगौती यादव, पालिका स्वास्थ्य शाखा प्रमुख पृथ्बीचन्द्र अस्पतालका मेडिकल सुपरटेडिन्ट डा किरण पाण्डे,लगायतको सहभागिता रहेको थियो ।