मंगलबार ०४ असार, २०८१

नेपाली समय

प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

काठमाडौँ, ५ साउन । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ संशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही)लाई केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुभएको हो ।

युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताउनुभयो । लम्साल विसं २०७९ साउनमा हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।