शनिबार १२ जेठ, २०८१

नेपाली समय

२०८१ सालको वार्षिक राशिफल; तपाईँको भाग्य यो वर्ष ! ​​​​​​​​​​​​​​

२०८१ सालको वार्षिक राशिफल; तपाईँको भाग्य यो वर्ष ! ​​​​​​​​​​​​​​

वार्षिक फल:

श्रीशाके १९४६, विक्रम संवत् २०८१, कालयुक्तनाम संवत्सर । वर्षको राजा मङ्गल तथा मन्त्री शनि ग्रह । खुसी र शान्ति तुल्याउने प्रयत्न होला । राजा: मङ्गलले खासै प्रभाव नपर्ला । शनिले शासक वर्गमा अहमत्वको अवस्था देखा पर्ला जनतामा निराशा छाउला । 

राजनीतिमा केही विवादित विषय निस्के पनि खासै विग्रह नमच्चेला । नेतृत्व तहमा सुधारको आभाष देखापर्ने छ । कहीँकतै विकास निर्माणको कार्यले प्रगति देखाउला । आर्थिक सन्तुलन द्रूतगतीमा चल्नेछ । कृर्षिजन्य कार्य तथा पशुपालन व्यवसायमा आर्थिक लाभ सुध्रिँदै जानेछ । 

वैशाख महिना :– वैशाख महिनामा खाद्य बस्तुको भाउ नियन्त्रणमा प्रयत्न रहनेछ । रोगब्याधीको प्रकोप बढ्ला । प्रशासनिक कार्यमा उत्साह बढ्नाले जनमानसमा शान्ति बढ्ला । व्यापार व्यवसायबाट कृर्षिजन्य कार्यबाट राम्रो उपलब्धि रहला । जग्गा जमिन सम्बन्धी कारोबारबाट आर्थिक स्थिति मजबुत हुनेछ । स्वास्थ्यमा सङ्क्रामक रोग व्याधिले जटिलता आउला । सामाजिक विसंगतिहरूदेखा पर्नेछ । चोरी डकैती हत्या नियन्त्रण बढ्दै जानेछ । जनमानसमा शान्ति छाउला । सरकारी क्षेत्रमा सफलता पूर्वक महत्त्वपूर्ण कार्य बन्लान् । वैदेशिक छात्र छात्राहरूमा बढी सार्थक छाउला । खाद्यान्न उत्पादनमा वृद्धि भए पनि बजार भाउमा अनियन्त्रित होला । अग्नि, वायु र बतासको उग्ररूप देखा पर्नेछ । दैवी विपत देखा पर्नेछन् । अतिवृष्टि सुख्खा खडेरी देखा पर्नेछन् शैक्षिक क्षेत्रमा सुधार आउला ।

जेष्ठ महिना :– २०८१ साल जेष्ठ महिना खाद्यान्न नियन्त्रणमा सुधार आउला । राजनीतिकमा अग्रसर आउला । प्रशासनिक क्षेत्रमा सुधार आउला । स्वास्थ्य क्षेत्रमा सुधार आउला । शैक्षिक क्षेत्रमा सुधार आउला । धार्मिक गतिविधिले प्राथमिकता पाउला । दैवी दुर्घटना  लगायतका विपत्तिहरू घट्दै जालान् । व्यापार व्यवसायमा सुधार आउला । कृर्षिजन्य क्षेत्रमा प्रगति होला । अनावश्यक खर्च नियन्त्रित हुन मुस्किल पर्ला । खाद्यान्न सुनचाँदी लगायतका बहुमूल्य बस्तु महँगा होलान् । भूक्षय बाढी पहिरो सवारी दुर्घटना जस्ता दैवीय विपत्ति बढ्दै जालान् । मौसममा गडबडी होला । खण्डवृष्टि अतिवृष्टि होला ।

आषाढ महिना :– खाद्य भाउ नियन्त्रणमा आउला । अन्याय अत्याचार जस्ता कार्यले प्रशस्त मान्यता पाउला । प्रशासनिक कार्यमा सुधार आउला । व्यापार व्यवसायमा सामान्य प्रगति रहला । वैदेशिक रोजगारमा फाइदा होला । शिक्षाको क्षेत्रमा पनि सुधारका वातावरणहरू देखा पर्लान् । धार्मिक कार्यमा प्रशय पाउलान् । खाद्यान्नको भाउमा सरलता पाउला । लत्ता कपडा, सुन चाँदीले महँगी बढ्ला । बाढी पहिरोको क्षेत्रमा हानी नोक्सानी बढ्ला ।

श्रावण महिना :– अन्नपात लगायत खाद्यान्नहरूको बजार भाउ नियन्त्रणमा आउला । प्रशासनिक क्षेत्रमा सुधारको आशा देखा पर्नेछ । व्यापार व्यवसायमा आर्थिक स्थिर बनाउला । कृर्षिकार्य कारोबार उच्च रहला ।धार्मिक प्रतिको आस्था घट्ला । मानसिक अशान्ति बढ्ला । संक्रामक रोग व्याधिले प्रकोप नियन्त्रण बाहिर जाला । दैनिक उपभोग्य सामान सुन चाँदीको महँगाइमा बढ्ला ।  बाढीपहिरोको प्रकोप बढ्ला । 

भाद्र महिना:– रोग व्याधिले प्रकोप बढाउला । खाद्यभाउ नियन्त्रणमा ल्याउने प्रयत्न रहला । अत्याचार मनोवृत्ति घट्ला । धार्मिक क्षेत्रमा समाज अघि बढ्ला । दैवी विपत्ति दुर्घटना जस्ता समस्याहरू आई पर्लान् । सङ्क्रामक रोग नियन्त्रण बाहिर जानेछ । व्यापार व्यवसायमा सुधार आउला । खाद्य, सुन चाँदीको भाउ बढ्ने छ । 

आश्विन महिना :– आर्थिक अवस्था स्थिर रहनेछ । व्यापार व्यवसायमा आर्थिक सन्तुलन स्थिर रहनेछ । कृषिजन्य कार्यबाट फाइदा हुनेछ । जग्गा जमिन कारोबारबाट सफलता प्राप्त हुनेछ । सामाजिक कुरीति प्रति समाजमा ह्रास आउनेछ । राजनीतिक सञ्चालनमा परिवर्तन आउला । सवारी दुर्घटनामा कमी खाद्य बस्तुमा महँगी बढ्ने छ ।

कार्तिक महिना:– दैवी विपत्ति लगायत सवारी दुर्घटनाको बढेर जालान् । राजनीतिज्ञहरूको आपसी मनमुटाबको कारण नागरिकमा आक्रोश बढ्दै जानेछ । प्रशासनिक कार्यबाट उत्साह बढ्ला । पाप कर्ममा कमी आउनेछन् । दैनिक उपभोग्य खाद्यान्नमा महँगी बढ्ला । 

मंसिर महिना:– खाद्यवस्तुको महँगी बढ्ने, रोगब्याधीले प्रकोप वृद्धि गर्ला । प्रशासनिक कार्यबाट लाभ रहला । धार्मिक क्षेत्रका कार्यहरू बढ्नेछन् । दुर्घटना तथा दैबीप्रकोपका घटनाहरू बढ्नेछन् । जग्गा जमिनको कारोबारमा लाभ रहला । खाद्यवस्तुबाट लाभ देला । 

पौष महिना :– खाद्य बस्तुमा नियन्त्रणमा आउनेछ । दुर्घटना दैवी प्रकोपका क्षणिक रूपमा आउन सक्ने । धार्मिक गतिविधिले स्थान पाउने छ । मानसिक शान्ति पाउलान् । शैक्षिक जगतमा सुधार रहला । कृर्षिजन्यकार्य र पशुपंक्षि पालनबाट प्रगति होला । खाद्यवस्तु आदीको भाउ बढ्ने छ । 

माघ महिना :– राजनीतिकमा सहकार्यको वातावरण तय हुनेछ । प्रशासनिक कार्यमा पनि सफलता हासिल होला ।रोग व्याधि प्रकोप नियन्त्रण हुनाले स्वास्थ्यमा प्रगति हुनेछ । सामाजिक कुरीति बढ्दै जानेछ ।कृर्षिजन्यकार्य र पशु–पंक्षिको व्यवसायबाट सन्तोष प्राप्त हुनेछ । दैवीप्रकोप दुर्घटना बढ्दै जानेछ । कृर्षिजन्य कार्यबाट हानी नोक्सानी होला । अन्याय अत्याचार जस्ता मनोवृत्ति बढ्दै जानेछ । धार्मिक गतिविधिले समाजलाई खासै फाइदा नपुग्ला । खाद्यवस्तु तथा सुनचाँदीमा महँगी बढ्ला । 

फागुन महिना :– अन्नपात लगायत खाद्यान्नहरूको भाउमा नियन्त्रण आउला । व्यापार व्यवसायबाट आयस्रोत वृद्धि हुनेछ । सामाजिक कुरीति बढ्दै जानेछ । सवारी दुर्घटना लगायतका दैवी विपत्तिमा कमी आउनेछन् । राजनीतिकमा सहकार्य बढ्दै जानुका साथै सरकारले केही राम्रा कार्य गर्नेछन् । खाद्य, रत्न धातु जस्ता वस्तुमा महँगी बढ्नेछ । 

चैत्र महिना:– रोग व्याधिले प्रकोप ल्याउला । राजनैतिक सुव्यवस्थामा अनेकौँ बाधाहरू तेर्सिएलान् । कृर्षि, व्यापार व्यवसायमा सुधारात्मक अवस्था आउने छन् । दैवी दुर्घटनाका विपत्तिहरू घट्लान् । शैक्षिक क्षेत्रमा सुधार आउलान् । खाद्य, धातु जस्ता बस्तुमा सामान्य घटबढ रहला । 

संक्रान्ति फल :– संक्रान्ति फल अनुसार नक्षत्र आफ्नो कुन स्थानमा परेको छ त्यही अनुसार मेष(वैशाख) संक्रान्तिको फल हुन्छ । संक्रान्ति बिग्रिएमा गौ दान, सुन दान अथवा स्वस्तीशान्ति गर्नु पर्दछ । 

मेषसंक्रान्तितो यावत्षण्मासं विषुवत्फलम् ।

तुलासंक्रान्तितश्चैवं ज्ञातव्यं विबुधैः स्फुटम् ।।

मेषविषुवच्चक्रम् फलञ्चोभयोः तुलाविषुवच्चक्रम्

उभा.रे.अश्वि.भ.कृ.रो.मृ शीर्षेः–भूलाभः श्र.ध.श.पूभा.उभा.रे.अश्वि

ध.श.पूभा मुखेः– पाण्डित्यम् मू.पूषा.उषा

ज्ये.मू.पूष.उषा.श्र हृदि–धनागम् चि.स्वा.वि.अनु.ज्ये

स्वा.वि.अनु दक्षकरेः–स्त्रीलाभ पूफा.उफा.ह

उफा.ह.वि वामकरेः–भैक्ष्यम् ति.अश्ले.म

अश्ले.म.पूफा दक्षपादे–भ्रमण मृ.आ.पुन

आ.पुन.ति वामपादे–कष्टम भ.कृ.रो

२०८१ वार्षिक राशिफल; तपाईँको भाग्य यो वर्ष !

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदायी रहेको छ । ध।नआर्जनका बाटाहरू प्रशस्त देखापर्ने, शत्रु पराजय हुने र दाम्पत्य सुख रहनेछ । राहु ग्रहको प्रभावको कारणले खर्च बढ्नेछ । विरोधी पक्ष्यहरू सक्रिय रहनेछन् । शनिग्रहको प्रभावले कडा मिहिनेत परिश्रम गर्दा कार्यक्षेत्र, व्यवसायबाट लाभ हुनेछ । प्रगति उन्नतिको योग रहेको छ । वैदेशिक रोजगारीबाट लाभ रहनेछ । धर्मकर्मप्रति मन जानेछ । कर्षिजन्य कार्य तथा व्यापार व्यवसायबाट लाभ हुनेछ । वैदेशिक रोजगारबाट लाभ हुनेछ । अनावश्यक खर्च बढ्ने देखिन्छ । स्वास्थ्यमा सुधार, दैवी विपत्ति तथा सवारी दुर्घटनामा कमी आउनेछ । आर्थिक दृष्टिले असोज, माघ, फागुन, असार महिना शुभ रहेको छ । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशि हुनेहरूका लागि यो वर्ष जन्मराशिमा बृहस्पति भएकाले धन, वृद्धि र स्थानहानी गराउनेछ । विरोधीहरू बढ्नेछन् । शनि बार राहु ग्रहको प्रतिकुल हुनाले शरीरमा पिठा, आफन्तजनको वियोग, बाहनपीडा र नोकरी राजनीतिक या कार्यक्षेत्रबाट हानी व्यहोर्न पर्ने समय रहेको छ । मनमा चञ्चलता बढ्ने छ । वर्षको मध्यपछि पेसा व्यवसाय क्षेत्रमा राम्रै प्रतिफल देखापर्नेछ । भैरवको पूजा गर्नाले कर्मक्षेत्रमा सबल बन्न सकिएला । मनले आटेका कार्यमा सफल बन्ने सङ्केत देखिन्छ । नोकरीबाट सुखद समाचार सुन्न पाइनेछ । व्यापार, व्यवसाय खेती, जग्गा जमिन र पशुपालन कार्यले आर्थिक सुधार्न मद्दत गर्नेछ । वैदेशिक रोजगारीले जीवनस्तर उकास्न सहज हुनेछ । धर्मकर्मप्रति मन लाग्नेछ । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत्र महिना शुभ रहेको छ । 

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका लागि यस वर्ष राहु अनुकूल रहेता पनि बृहस्पति, शनि प्रतिकुल रहनाले आय भन्दा खर्च बढ्ने, पाप कर्ममा खर्च गर्न मन लाग्नेछ । स्त्री र सन्तान सुखमा कमी । आफन्तसँग वैरभाव हुनेछ । विष्णुको पूजा गर्नाले शुभफल मिल्नेछ । व्यापार व्यवसायमा समुन्नति विस्तार हुनेछ र कृर्षिजन्यकार्यले पनि उन्नति नै मिल्नेछ । दाम्पत्य जीवन सुखद् होला । बौद्धिकताको प्रबलताको पढाई लेखाई सहित परीक्षा प्रतियोगिताहरू सफलै होलान् । धर्मकर्मप्रतिको आस्थाले नैतिकवान् बनाउने छन् । वैदेशिक रोजगारीले जीवनस्तरमा सुधार आउनेछ । सवारी दुर्घटना तथा दैवी विपत्तिमा न्यूनताको आभाष होला । शत्रुहरू निर्बल हुँदै जालान् । राजनैतिक गतिविधि र नोकरीबाट सम्मानित हुने अवसर आउला । मनले आँटको कार्यमा सफल बन्ने सङ्केत देखिन्छ । वैशाख, भदौ, मङ्सिर र चैत्र महिना आर्थिक दृष्टिले शुभ रहनेछन् । 

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशि हुनेहरूका लागि यो वर्ष बृहस्पति अनुकूल रहेकाले विद्या र कार्यक्षेत्रमा लाभ आरोग्यता साथै स्थानलाभ गराउनेछ । पुरानो धनराशि प्राप्त हुनेछ । कर्कट राशिलाई शनि अढैया दशाको प्रभाव पर्नेछ । शनि, राहु प्रतिकूल रहेकाले संयमित भएर यात्रा र कार्य गर्नु पर्ला । रोगादी पीडाले सताउने छ । शत्रुवॄद्धि रहनाले मितव्ययिता अपनाउनु पर्नेछ । खराब कर्म गर्नाले अनावश्यक झैझमेला खेप्नु पर्नेछ । देवीको आराधना गर्दा शुभ रहनेछ । वर्षको मध्यपछि आय आर्जनमा केही खराब हुनेछ । सङ्क्रामक रोगब्याधीले सताउनुका साथै स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ । वैदेशिक रोजगारले जीवन यापनमा सहजता ल्याउनेछ । कृर्षिजन्यकार्य तथा जग्गा जमिनबाट आर्थिक पक्ष्य मजबुत बन्नेछ ।  धार्मिक आस्थाले तीर्थ यात्राको अवसर मिल्नेछ । आर्थिक पक्ष्यमा वैशाख, जेष्ठ, असार र पौष महिना शुभ रहनेछ । 

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिका लागि यो वर्ष सामान्य फलदायी रहेको छ । बृहस्पति, शनि र राहु ग्रह खराब हुनाले यात्रा हुने, खराब कर्ममा मन जाने, आफन्तजनबाट छुट्नुपर्ने जस्ता पीडा र रोगभयले सताउन सक्लान् । आँटेका कामहरू पूरा हुनेछन् । खानपीनमा ध्यान दिन पर्नेछ । पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । बौद्धिक पढाई लेखाइमा सफलता प्राप्त हुनेछ । संक्रामक रोगले सताउने देखिन्छ । नोकरीमा ख्याति बढ्नाले समाजमा मानसम्मान् बढ्ने छ । कृर्षिजन्य कार्य पशुपालन र वैदेशिक रोजगारले जीवन यापनमा सुखद् वातावरण बन्नेछ । सन्तानबाट सुख प्राप्ति हुनेछ । आँटेका कार्यमा अवरुद्ध गाह्रो पर्नेछ । व्यापार व्यवसायमा आर्थिक कठिनाई उत्पन्न हुनेछ । सवारी दुर्घटना लगायत दैवी प्रकोपको सामना गर्न पर्नेछ । व्यर्थको खर्च बढ्ने छ । आर्थिक दृष्टिले जेठ,असार, कार्तिक र माघ महिना शुभ रहनेछन् । 

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशि हुनेहरूका लागि यो वर्षमा भाग्यस्थान बृहस्पतिले मानसम्मान, कार्यसिद्धि, संन्तानलाभ, भूमिलाभ आदि शुभ फल प्राप्त गराउनेछ । यो वर्ष राहु प्रतिकूल रहेकाले खराब फल दिनेछ । रोगले सताउने, बन्धनमा पर्ने जस्ता घटनाले मनमा क्लेश उत्पन्न हुनेछ । शनिको शुभ प्रभावले शत्रु पराजय हुनेछन् भने आफन्तजनबाट वैरभाव कायम रहनेछ । शिव भगवानको आराधना गर्दा शुभ फल प्राप्त हुनेछ । वाणीमा प्रभाव बढ्ला । आटेका कार्य पूराहुनेछन् । अध्ययनमा सफलता रहनेछ । व्यापार व्यवसाय कृषिजन्यकार्य, पशुपंक्षि पालनबाट जीवनमा प्रगति हुनेछ । वैदेशिक रोजगारले जीवन यापनमा सहजता आउन सक्नेछ । नोकरीमा ख्याति बढ्ला । सवारी दुर्घटना लगायत दैवी विपत्तिको सम्भावना बढ्ने छ । आर्थिक दृष्टिले असार, साउन, मङ्सिर र फागुन महिना शुभ रहेका छन् ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशि हुनेहरूका लागि यो वर्ष शनि अढैया दशाले शनिको प्रभाव देखा पर्नेछ । राहुको अनुकूलताले कार्यक्षेत्रमा राज्यबाट सम्मान, भोग विलासिता, वाहनसुख, वाणी र बुद्धिप्राप्तिको योग रहेको छ । वर्षको शुरूवातमा धनलाभ, पराक्रम बढ्ने छ । शरीरमा अल्छीपन, घरमा अशान्ति र वैरभाव तथा भय रहने देखिन्छ । देवीको आराधना गर्दा शुभ फल हुनेछ । राजनीतिज्ञवाट फाईदा पुग्नेछ । व्यापार व्यवसाय, खेत किसानी, जग्गाजमिन र पशुपंक्षि पालनको कार्यले अर्थतन्त्र सुधार्नमा मद्दत गर्नेछ । वैदेशिक रोजगारीले जीवनस्तरमा केही सहजता होला । इष्टमित्रबाट आदरभाव पाइएला । नोकरीबाट ख्याति बढ्ने देखिन्छ । सवारी दुर्घटना लगायत दैवीविपति आइपर्नेछ । जग्गा जमिन सम्बन्धी कार्यबाट आर्थिक अवस्था मजबुत बन्न नसक्ला । बौद्धिकताले पठन पाठनमा सफल भइएला । वैशाख भदौ असोज र माघ महिना आर्थिक दृष्टिले शुभ रहनेछ । 

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशि हुनेहरूका लागि यो वर्ष शनि अढैया दशाले मध्यम फल दिनेछ । बृहस्पति ग्रह अनुकूलताले कार्यक्षेत्रमा राज्यबाट सम्मान, भोग विलासिता, वाहनसुख, वाणीमा प्रभाव हुनेछ । वर्षको आरम्भमा धनलाभ प्राप्त, पराक्रम बढ्नेछ भने शनि ग्रहको प्रतिकूलताले शरीरमा आलस्यता, घरपरिवारमा अशान्ति बढ्ने छ भने देवीको आराधना गर्दा केही मात्रामा शुभ फल दिनेछ । राजनीतिज्ञ क्षेत्रमा लाग्नेहरूमा लाभको वर्ष रहेको छ । व्यापार व्यवसाय खेतीपाती जग्गाजमिन र पशु पालनको कार्य गर्नेलाई आर्थिक लाभ हुनेछ । वैदेशिक रोजगारीले जीवनस्तरमा केही सहजता बढ्ने देखिन्छ । इष्टमित्रसित सुमधुर सम्बन्ध बढ्ने देखिन्छ । नोकरीबाट मान सम्मान प्राप्त हुनेछ । सवारी दुर्घटना लगायत दैवीविपतिका घटना घट्ने देखिन्छ । जग्गा जमिन सम्बन्धी कार्यबाट आर्थिक अवस्था अलि कमजोर देखा पर्नेछ । 

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशि हुनेहरूका लागि मध्यम फलदायी रहेको छ । बृहस्पति ग्रह प्रतिकूल हुनाले आफन्त सित शत्रुभाव पैदा हुनेछ । मनमा खिन्नता उत्पन्न रहला । धर्म कर्मबाट लाभ, पशु चौपायाबाट लाभ,पेसा व्यवसाय क्षेत्रबाट लाभ हुनेछ । यात्राको अवसर प्राप्त भएता पनि चोटपटकको सम्भावना बढने छ । बृहस्पति र राहुको शान्ति गर्दा लाभ हुनेछ । भाग्यमा अवरोध हुँदै जानेछ । धार्मिक कृत्यको अभिरुचिले अनेकौँ तीर्थयात्राको अवसर मिल्नेछ । पति पत्नी बिच मनमुटाब बढ्दै जानेछ । नोकरीमा अनेकौँ लाञ्छना खेप्नुपर्ला । राजनीतिक गर्नेलाई अलिकति समाजमा अवमान बेहोर्नु पर्ला । वैदेशिक रोजगारले उपयुक्त वातावरण सृजना होला । सवारी दुर्घटना र दैवी विपत्ति जस्ता समस्या आउनेछन् । स्वास्थ्य क्षेत्रमा मानसिक तनाव बेहोर्नु पर्नेछ । जेठ, असोज, कार्तिक र फागुन महिना शुभ रहेका छन् । 

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिलाई यो वर्ष शनिको अन्त्य साढेसाती रहने भएकाले केही असहज परिस्थितिको सामना पर्नुका साथै कार्यमा ढिलासुस्ती हुनेछ । बृहस्पति अनुकूल रहनाले धर्म कर्ममा लाभ वाहन सुख, पशुचौपायाबाट लाभ रत्न तथा धातुजन्य बस्तु र व्यवसाय तथा वाणिज्यक्षेत्रबाट लाभ हुनेछ । नोकरीमा मान सम्मान मिल्नेछ । शनि राहु प्रतिकूल रहनाले मनमा अशान्ति रहनेछ । दाजुभाइ बिच सहयोग मिल्नेछ । शरीरमा दुःखकष्ट जस्ता विपत्ति आउनुका साथै कडा परिश्रम गर्नु पर्नेछ । अध्ययनमा अवरोध सृजना हुनेछ । व्यापार व्यवसायमा आर्थिक सन्तुलनमा कठिनाई उत्पन्न हुनेछ । दाम्पत्य जीवनमा मनमुटाब बढ्ने छ । सन्तान प्रति चिन्ता बढ्ने छ । राजनीतिकबाट अपमान व्यहोर्नु पर्ने देखिन्छ । खर्च बढ्नुका सार्थ खराब कर्म प्रति रुची जानेछ । 

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिलाई यो वर्ष शनिको मध्य साढेसाती भएकाले संयमता अपनाउनु पर्नेछ । बृहस्पति शनि प्रतिकूल भएकाले अनेक किसिमका विपत्ति आई पर्नेछ । आफन्तको सहयोगमा कमी रहने छ । शरीरमा अनेक किसिमका पिडा देखा पर्नेछन् । अग्निपीडाको सामना गर्नु पला । दाजुभाइ बिचमा मनमुटाब बढ्ने देखिन्छ भने विदेश यात्राको अवसर रहेको छ । सन्तानबाट पीडा हुनेछ । पापकर्ममा मन जानाले मनमा पीडा र पश्चात्तापमा समय बिताउनु पर्नेछ । सन्तानहरू स्वार्थी प्रवृत्तिका हुनेछन् । दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । जग्गा जमिन सम्बन्धी कार्यबाट आर्थिक अवस्था कमजोर हुनेछ । वर्षको मध्यपछि जग्गा जमिन, कृर्षि जन्य कार्यबाट आर्थिक अवस्था मजबुत बन्दै जानेछ । पाप कर्म तिर मन लाग्नेछ । अध्ययन कार्यमा सफलता प्राप्त हुनेछ । सवारी दुर्घटना तथा दैवी विपत्तिको सामना गर्नु पर्ला । वैशाख, साउन, मङ्सिर र पुस महिना आर्थिक दृष्टिले मजबुत बन्दै जानेछ । 

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिहुनेहरूका लागि यो वर्ष सामान्य रहेको छ । बृहस्पति शनि राहु प्रतिकुल रहेकाले स्थानहानी खर्च बढ्ने, कामकाजमा बाधा, व्यर्थ भ्रमण, चिन्ता र कष्ट बढ्ने छ । शनिको आद्य साढेसातीले शारीरिक र मानसिक कस्ट वा झैझमेला हुन आइपर्नेछ । जन्म कुण्डलीमा शनि शुभ भएकालाई भने मानसम्मान मिल्नेछ । वर्षको मध्यपछि भने केही शुभफल मिल्नेछ । बृहस्पति राहुको शान्ति गर्नाले लाभ मिल्नेछ । वाणीको प्रभावले कार्यमा सफलताको बन्दै जानेछ । भाग्यशक्ति मजबुत बन्दै जानेछ । दाजुभाइ बिचमा सद्भाव बन्दै जानेछ । जग्गा जमिन सम्बन्धी कार्यबाट आर्थिक अवस्था मजबुत बन्दै जानेछ । अध्ययन कार्यमा सफलता प्राप्त हुनेछ । सन्तान सुख प्राप्त हुनेछ । जेष्ठ, भदौ, पुस र माघ महिनामा आर्थिक हिसाबले शुभ महिना रहेको छ । 

राशिफलले जे जस्तो भनेता पनि तपाईँको वर्ष शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer