आइतबार १३ जेठ, २०८१

नेपाली समय

तामाङ सेलोको ‘ओइ सोल्टिनी’...

तामाङ सेलोको ‘ओइ सोल्टिनी’...

काठमाडौँ, २४ चैत । गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ । 

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गर्नुभएको हो । अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो । 

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताउनुभयो । अष्ट्रेलियामा अध्ययनरत अयमी आफ्नी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा  ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आउनुभएको थियो । उहाँ अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आउनुभएको छ । अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित हुनुहुन्छ ।