शनिबार १२ जेठ, २०८१

नेपाली समय

२०८० माघ महिनाको मासिक राशिफल

२०८० माघ महिनाको मासिक राशिफल

२०८० माघ महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८० माघ महिना कार्यमा सफलता, रोकिएका कार्यहरू पुरा हुनेछन् । महिनाको सुरुमा खर्च बढी हुनेछ । अपमान धनखर्च मनमा खिन्नता बढ्ने छ । वाधा अवरोध आउनेछ । घरदेखि टाढाको यात्राको अवसर प्राप्त हुनेछ । धार्मिक कार्यमा मन लाग्नेछ ।  धन आर्जनमा अवरोध हुने, शत्रुता बढ्ने छ । आय भन्दा खर्च बढी हुने महिना रहेको छ । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८० माघ महिना आपत्ति, मनमा चिन्ता बढ्ने, उत्साह उमङ्गमा कमी रहनेछ । मौसमी रोगले सताउने, ज्वरो घाउ खटिरा मान हानी हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । धन हानी शत्रुता बढ्नेछन् । गुप्त धन प्राप्त हुनेछ । अपमानका साथै रोगबाट हानी हुनेछ । महिनाको अन्तिमतिर भाग्यमा वृद्धि हुनेछ । 

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८० माघ महिना रोग, भय, कलह, राज्यपक्ष्यवाट दुःखकष्ट आईपर्ने छ । कार्यमा अवरोध सुरुका दिनमा, पहिलो हप्तापछि केही सुधार रहनेछ । दाम्पत्य तथा प्रेममा कलह हुनुका साथै प्रेममा अवरोध हुनेछ । नेत्र तथा पेटसम्बन्धी समस्या बढ्ने छ ।  साताको मध्यपछि मान सम्मान प्राप्त रहनेछ । दरीद्रता, धार्मिक कार्यमा अवरोधका रहनेछ । राज्यपक्ष्यबाट लाभ रहनेछ । 

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८० माघ महिना पेटसम्बन्धी समस्याले सताउने, गुप्ताङ्ग रोगले सताउने छ । महिनाका शुरुवाती दिनमा रोगले सताउने छ । विरोधीपक्षबाट कलह हुनुका साथै विरोधीबाट धनलाभ, महिनाको मध्यपछि सबै कार्यका अनुकूलता हुनेछ । आर्थिक पक्ष्यमा झन्झट बेहोर्न पर्ने, सन्तानबाट पिडा बेहोर्न पर्नेछ । केही विपत्तिको सामना बेहोर्न पर्नेछ । बाहनमा दुर्घटनाका साथै धन हानी हुनेछ । धार्मिक कार्यमा हानी नोक्सानी हुनेछ । 

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि वैशाख २०८० माघ महिना शोक चिन्ता बढ्नेछ । दुःखद समाचार सुन्न पर्नेछ । ज्वरो बढ्ने, सन्तानको कारण मनमा चिन्ता बढ्नेछ । महिनाको मध्यपछि विरोधीपक्षहरु परास्त सबै प्रकारको सौभाग्य प्राप्त हुनेछ । सही निर्णय लिन नसक्दा धन नोक्सान यात्राको सिलसिलामा भय डरत्रास बढ्ने छ । दुर्घटनाको सम्भावना बढेर गएको छ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० माघ महिना आर्थिक लाभमा अवरोध, रोग बढ्ने, गलत निर्णयको कारण हानी नोक्सानी बेहोर्न पर्नेछ । प्रेम तथा दाम्पत्यमा अवरोधका साथै आर्थिकमा धन नास हुनेछ । टाढाको यात्राको अवसर प्राप्त हुनेछ भने स्थान परिवर्तन समेत गर्न पर्नेछ । महिनाको मध्यपछि आर्थिकपक्षमा सुधार हुनेछ । यात्रा प्राप्त भएता पनि कठिन यात्रा हुनेछ । दाजुभाइ बिचमा सम्बन्धमा खटपट उत्पन्न हुनेछ । विरोधीपक्षहरू परास्त हुनुका साथै महिनाको मध्यपछि सबै प्रकारका सुख प्राप्त हुनेछ । 

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० माघ  महिना सबै प्रकारका सुखमा कमी हुनुका साथै सबै कार्यमा विघ्न आउनेछ । रोगले अलि सताउनेछ । विरोधीपक्ष परास्त । महिनाको मध्यपछि सबै कार्यमा सफलता प्राप्त हुनेछ । विरोधीपक्षबाट डर भयत्रास बढ्ने छ । यात्राको अवसर प्राप्त, दाम्पत्य जीवनमा सुख, सन्तानबाट सुख प्राप्त हुनेछ । भौतिक सामाग्रीहरू प्राप्त हुनेछ । कार्य गर्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । विरोधी मार्फत धन लाभ हुनेछ । 

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० माघ महिना पद प्रतिष्ठा प्राप्त हुनेछ । धन वृद्धि, प्रसन्नता, स्वास्थ्यमा सुधार विरोधीपक्षहरू परास्त हुनेछन् । महिनाको सुरूवातीमा मनमा चिन्ता बढ्ने छ भने मध्य पछि उमङ्गता प्राप्त हुनेछ । सञ्चित धनहानी, आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु पर्नेछ । धनलाभका साथै मानप्रतिष्ठा वृद्धि हुनेछ । विरोधीपक्षबाट पीडा हुनेछ भने पेट सम्बन्धी रोगले सताउने छ । महिनाको अन्तिमपछि आर्थिक लाभ, कुलकुटुम्बवाट साथ सहयोग प्राप्त हुनेछ । घरगृहस्थी, दाजुभाइ, ईष्टमित्रको सुखमा कमी हुनेछ । अध्ययनमा अवरोध रहनेछ । 

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० माघ महिना सञ्चित धन हानी, शारीरिक सुखमा कमी, आफन्त जनवाट धोखा मिल्नेछ । राज्यपक्ष्यवाट डरत्रास भय बढ्नेछ । शोकका सार्थै रक्त सम्बन्धी समस्याले सताउनेछ । सन्तान सुख, राज्यपपक्षबाट मानसम्मान प्राप्त हुनेछ । सबै प्रकारको भौतिक सुख प्राप्त हुनेछ । महिनाको मध्य तिर आर्थिक लाभ नोकरी प्राप्त हुनेछ । घर गृहस्थीको सुखमा कमीका साथै आफन्त इष्टमित्रबाट धोखा मिल्नेछ । 

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८० माघ  महिनामा दुःखकष्ट आइपर्ने, अनावश्यक हिँडडुल गर्नु पर्ने, कडा परिश्रम गर्नु पर्ने देखिन्छ । विरोधी पक्ष्यहरू परास्त हुनेछन् । आर्थिक हानी, शारीरिक मानसिक तनाव बेहोर्न पर्ने छ । अपमान सहनु पर्ने अवस्था रहनेछ । दाजुभाइमा मनमुटाब बढ्ने छ भने वाहन साधनबाट हानी बेहोर्न पर्ने देखिन्छ । गुप्त धनलाभ हुनेछ । सञ्चित धन नोक्सानका साथै संन्तानबाट पीडा बेहोर्न पर्नेछ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार रहनेछ । 

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० माघ महिनाको धन हानी, मित्रजनबाट शत्रुता बढ्ने छ । कुलकुटुम्बवाट अपमान बेहोर्न पर्नेछ । सञ्चित धन वृद्धि, स्वास्थ्यमा सुधार हुनेछ । सुख प्राप्त हुनेछ । मान प्रतिष्ठामा कमी, कार्यमा विध्नवाधा आइपर्नेछ । सबै प्रकारका कार्यहरू सम्पन्न हुनेछन् । शारीरिक रोग बढ्ने, कुलमा कसैको मृत्यु वा सुतक पर्नेछ । शारीरिक अवस्थामा हानी, स्वास्थमा खराब रोगका कारण शरीरमा कमजोरीपन महसुश हुनेछ । 

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८० माघ  महिनाको मान सम्मान प्राप्त सबै प्रकारका रोग नास हुनेछन् । कडा मिहिनेत गरेता पनि भाग्य उदय हुनेछ । खराब कार्यमा मन लाग्नेछ । कार्यमा रूकावट कडा परिश्रम गर्नु पर्नेछ । सबै प्रकारका सुख प्राप्त हुनेछ । सञ्चित धनवृद्धि कुलकुटुम्बवाट सुख सबै कार्य सम्पन्न हुनेछन् । माघ महिना अरू सित कलह बढ्ने देखिन्छ । विरोधीपक्षबाट हानी, रोग बढ्ने देखिन्छ । शरीरमा स्वास्थ्यमा समस्या बढ्ने छ । 

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer