मंगलबार १५ जेठ, २०८१

नेपाली समय

२०८० पुस महिनाको मासिक राशिफल

२०८० पुस महिनाको मासिक राशिफल

२०८० पुस महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८० पौष महिना कुल कुटुम्बबाट साथ सहयोग मिल्नेछ । साझेदारी कामबाट फाइदा, वस्त्र आभूषण सम्बन्धी कामबाट शुभ, विरोधी पक्षबाट कष्ट, राजनीतिक क्षेत्रमा रुची, सरकारी पदम लाभ,सियर कारोबारमा लाभ, पैतृक सम्पत्तिबाट लाभ, स्वास्थ्यमा खराब, मनमा डर त्रास, शरीरमा आलस्यता, रिस बढ्ने, विद्यार्थीमा अध्ययनमा सफलता राज्यपक्षबाट लाभ । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८० पौष महिना साझेदारी कार्यमा लाभ, आर्थिक अवस्था, सेना पुलिस धार्मिक क्षेत्रमा लाग्नेलाई लाभ, पेट छाला सम्बन्धी रोगबाट पीडित हुने, विद्युतीय उपकरण सम्बन्धी कार्यबाट लाभ,यन्त्र मेसीनरी सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान, वैदेशिक कार्यबाट लाभ,राजनीतिक क्षेत्रमा रहनेले अपमान ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिकालागि २०८० पौष महिना सुख शान्ति, विरोधीपक्ष परास्त, सेना पुलिस धार्मिक मेसिनरी, आगो सम्बन्धी कार्यबाट लाभ, पराक्रम बढ्ने, रक्त सञ्चार सम्बन्धी समस्या, आँट हिम्मत पराक्रम बढ्ने, साझेदारी कार्यबाट लाभ, यात्रामा कष्ट, धन हानी । तेल, ग्यास, धातु सम्बन्धी कार्यबाट नोक्सान । शारीरिक पीडा, वैदेशिक कार्यमा  नोक्सान, अध्ययनमा अवरोध । राजनीतिक कला, सङ्गीत क्षेत्रमा नोक्सान।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८० पौष महिना राज्यबाट लाभ । विरोधीपक्ष परास्त, विदेश यात्रा, सेना पुलिस माटो औषधी, होटल डाक्टर यी पेशागर्नेलाई राम्रो, शेयर कारोबारमा राम्रो, प्रेम तथा दाम्पत्य जीवन खटपट, विद्यार्थीमा अध्ययनमा सफलता ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि वैशाख २०८० पौष महिना शुभ, फलदायी, सन्तानबाट सुख, संन्तानसित मतभेद । ज्ञान, विद्यामा मन लाग्ने । प्रेममा सफलता, विद्यार्थी वर्गमा अध्ययनमा सफलता,  विपरीत लिङ्गबाट लाभ,  धैर्यता अपनाउनु,  राज्यबाट लाभ, घर जग्गा सम्बन्धी काम कारोबारबाट लाभ, राजनीतिक क्षेत्रमा लाभ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० पौष महिना फलदायी, राज्यबाट लाभ, विद्यार्थी वर्गका अध्ययनमा सफलता, सरकारी जागिरबाट लाभ, भूमिबाट लाभ, यात्रामा नोक्सान । राज्य संयन्त्रबाट लाभ । शारीरिक तथा राज्यसत्ताबाट लाभ । 

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० पौष महिना कडा मिहिनेत गर्नु पर्ने, लामा तथा छोटा दुरीको यात्रा, साथीभाइको साथ सहयोग प्राप्त । सरकारीपक्षबाट लाभ, साना साना काममा धेरै मिहिनेत गर्नु पर्ने अवस्था रहेको छ । शृङ्गारिक, भौतिक सामाग्रीमा अलि बढी खर्च, स्वास्थ्यमा सुधार,  बौद्धिक कार्यमा मन जाने, व्यापारी वर्गका लागि सङ्घर्ष, मुद्दा मामिलामा फस्न सक्ने, आम्दामीमा पनि अनेक उतारचढाव, राज्यपक्षबाट खर्च बढ्ने ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० पौष महिनामा धन प्राप्तिको लागि शुभ, राज्यबाट धन लाभ, व्यापारमा लाभ,विदेश र व्यापारबाट लाभ, बोलीमा कठोर, आफन्त इष्टमित्रबाट साथ सहयोग, व्यापारीमा लाभ, आगो, विद्युत् सम्बन्धी काम गर्नेलाई लाभ, नेतृत्वदायी भूमिकाको अवसर प्राप्त राजनीतिक सरकारी क्षेत्रमा लाभ । चारित्रिक दोषका आरोप खेप्न पर्ने । 

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० पौष महिना फलदायी महिना, सरकारी जागिर वा निजी क्षेत्रको जागिर प्राप्त, राजनीतिमा शुभ, अध्ययनमा सफलता, कला सङ्गीत, नृत्य, पत्रकारिता, पर्यटन, व्यापार सम्बन्धी कार्य गर्नेलाई लाभ, धनप्राप्त, बोलीमा प्रभावकारिता, आँखामा समस्या, पैतृक सम्पत्तिमा समस्या, सन्तानपक्षबाट मतभेद, बौद्धिक कार्यमा मन जाने, मुद्दा मामिलामा सफलता, दुर्घटना अप्रेसन हुने ।  

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८० पौष महिनामा बौद्धिक कार्यमा मन जाने, सन्तानबाट मतभेद बढ्ने, विद्यार्थीमा अध्ययनमा सफलता, चोटपटक लाग्ने,  जागिरमा अपमान, राजनीतिकमा रहेकालाई अपमान, चारित्रिक दोष लाग्ने, व्यापारमा हानी, स्त्रीपक्षबाट लाभ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० पौष महिनाको घर जग्गाको कारोबारबाट लाभ,दाम्पत्य जीवनमा मतभेद, मित्रजनबाट विवाद, सरकारी जागिर प्राप्त, स्त्रीहरूबाट लाभ, सरकारीपक्षबाट लाभ, राजनीतिक क्षेत्रमा लाभ, कला क्षेत्रमा शुभ, विद्यार्थीमा अध्ययनमा सफलता, व्यापारमा लागेकालाई लाभ, स्वास्थ्यमा समस्या ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८० पौष महिनाको कडा परिश्रम गर्नु पर्ने, आर्थिक लाभ, यात्राको अवसर, रोग रिऋ, शोक बढ्ने, चोटपटक लाग्ने, राजनीतिक क्षेत्रमा लाभ, मान प्रतिष्ठा प्राप्त, प्राइभेट जागिर गर्नेलाई पनि लाभ, कला सङ्गीत, खेल पर्यटन क्षेत्रमा रहनेका लागि लाभ, स्त्रीपक्षबाट लाभ । 

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer